बुटवल, ५ माघ । ग्रील तथा स्टिल व्यवसायी संघ तिलोत्तमा नगर कमिटीको छैठौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सन्तोष कंवर संयोजक रहेको १७ सदस्यीय कमिटी गठन गरेको छ ।
प्रथम सहसंयोजकमा मिलन जीसी, द्वितीय सहसंयोजकमा ठाकुर पन्थी, तृतीय सहसंयोजकमा युवराज रेग्मी, सचिवमा कमल रोका क्षेत्री, सहसचिवमा प्रकाश न्यौपाने, कोषाध्यक्षमा सुरेश पेमी र सहकोषाध्यक्षमा जगत आचार्य चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा छविलाल खाती, रमेश राना, कमल भट्टराई, कमल पुन, महेन्द्र सुवेदी, नारायण घिमिरे, बलराम गौतम, धनिश्वर अर्याल, दुर्गाप्रसाद पाठक, नवराज अर्याल र शिव भुसाल रहनुभएको छ ।
नगर कमिटीका अध्यक्ष श्याम केसीको अध्यक्षता, संस्थापक जिल्ला अध्यक्ष अशोक वर्माको प्रमुख आतिथ्यता र वर्तमान जिल्ला अध्यक्ष तुलबहादुर सारुको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन ठाकुर पन्थीले गर्नुभएको थियो ।