बुटवल, ५ माघ । अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवल–११ ले संस्थाको बाह«ौं स्थापना दिवसको अवसरमा आइतबार संस्थाको कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको छ ।
संस्थाका अध्यक्ष टंकनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ५० युनिट (५० पोका) रगत सङ्कलन भएको कार्यक्रम संयोजक कृष्णप्रसाद पौड्यालले जानकारी दिनुभयोे ।
बुटवल उपमहानगरपालिका सहकारी विभागका प्रमुख गुणाखर खनालको आतिथ्यमा भएको कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूले रक्तदान गरेका थिए ।
संस्थाका सचिव कृष्णप्रसाद पौड्यालको सञ्चालन र उपाध्यक्ष केशवराज पोखरेलको स्वागतमा कार्यक्रम भएको थियो ।
सहकारीले सार्वजनिक दायित्वका रूपमा वृद्धाश्रमका प्रौढहरूलाई पौष्टिक आहार र औषधीजन्य वस्तुहरू प्रदान गर्ने, लत्ताकपडा प्रदान गर्ने लगायतका कार्य गरिरहने संस्थाका सदस्य उत्तम अर्यालले जानकारी दिनुभयो ।