Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫     नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

संसारपोस्ट संवाददाता · २० चैत्र २०८२ · 0
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी
110
SHARES
ShareTweet
बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो ।
अध्यक्ष अर्याललाई संघले महासंघको कार्यकारिणी सदस्य पदमा अगाडि सार्दै साधारण सभा तथा निर्वाचनका लागि संघको तर्फबाट मुख्य प्रतिनिधि समेत चयन गरिसकेको छ ।
सोही अनुसार अध्यक्ष अर्यालले उम्मेद्वारी दिनुभएको हो । केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएका अर्यालले जिल्ला नगर उद्योग वाणिज्य संघको संस्थागत विकास, नीतिगत सुधार, उद्योगी व्यवसायीहरुको हकहित, साना तथा मझौला उद्योगीलाई सम्वर्धन तथा प्रोत्साहन र उद्यमशिलता विकासका कार्यक्रमलाई प्राथमिकता दिइने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
त्यसका लागि जिल्ला नगर उद्योग वाणिज्य संघ, उद्योगी व्यवसायी, नेपाल उद्योग वाणिज्य महासंघ र तीनै तहका सरकारसंग समन्वयकारी भूमिका निर्वाह गर्ने पनि उहाँले बताउनुभयो ।  नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभा तथा अधिवेशन यहि चैतको २९ र ३० गते काठमाण्डौमा हुँदैछ ।

≪ Previous Post

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

Next Post ≫

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क