बुटवल । रोटरी क्लब अफ बुटवलले चाड पर्वको समयमा चोरीका घटनालाई टेवा पुग्ने खालका विषय सामाजिक संजालमा पोष्ट नर्गन सबैसङ्ग आग्रह गरेको छ ।
रोटरी क्लब अफ बुटवलले विजयादशमी, शुभ दीपावली, छट र नेपाल संवतको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा जेन्जी आन्दोलनका क्रममा विभिन्न कारागारवाट कारागार जलाएर कैदीहरु बाहिर आएकाले चाडपर्वको समयमा ती कैदीहरुवाट चोरीका घटना हुन सक्ने संभावना अधिक रहेकाले घरवाट वाहिर जाने सन्देश दिने खाले विषयहरु सामाजिक संजालहरुमा पोष्ट नर्गका क्लबका अध्यक्ष कृष्ण पराजुलीले आग्रह गर्नुभयो ।
उहांले चाडपर्वलाई भडकिलो नभई सबैले मान्न सक्ने गरी मनाउन र स्वास्थ्यलाई ध्यानमा राखेर खानपान गर्न पनि सुझाउनु भयो । अध्यक्ष पराजुलीले मुलुकमा राम्रो हुने भाष्य श्रृजना गर्ने तर्फ हाम्रा चाडपर्वहरुबाट हामी सबैलाई सदबुद्धि मिलोस भन्दै गाउ टोल र बस्तीको सुरक्षाका लागि टोल सुरक्षा समिति गठन गरी गस्ती गर्न पनि जोड दिनु भयो ।
कार्यक्रममा सहभागि क्लवका पूर्व अध्यक्ष अजयमान श्रेष्ठले जेन्जी आन्दोलनका क्रममा देशका धरोहर नै समाप्त भएको तर्फ चिन्ता व्यक्त गदै यसले देशको ५० वर्षलाई पुग्ने सम्पतीको नोक्शान भएको उल्लेख गर्नुभयो । चाडपर्व मनाउदा स्वास्थ्यलाई खाल राखी मनाउन समेत उहांले आग्रह गर्नुभयो ।
रोटरिएन दिवाकर घिमिरेले जेन्जी आन्दोलनले ८४ मा हुने निर्वाचन ८२ मा गर्ने गरी मिति तोकिनुलाई उपलब्धी मान्न नहुने तर्क गर्नु भयो । घटनाक्रम हेर्दा पुन अर्को आन्दोलन हुन सक्ने संभावना रहेकाले सबै सचेत रहन पनि उहांले आग्रह गर्नुभयो ।
कार्यक्रममा रोटरिएन दया भण्डारीले बैठकको उपस्थिति र आर्थिक संकलनका वारेमा प्रकाश पार्नु भएको थियो ।