Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सहकारी संस्थामा पारदर्शी व्यवस्थापन, प्रभावकारी नियमन र प्रविधिको उपयोगमा जोड
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सहकारी संस्थामा पारदर्शी व्यवस्थापन, प्रभावकारी नियमन र प्रविधिको उपयोगमा जोड

संसारपोस्ट संवाददाता · ४ आश्विन २०८२ · 0
सहकारी संस्थामा पारदर्शी व्यवस्थापन, प्रभावकारी नियमन र प्रविधिको उपयोगमा जोड
100
SHARES
ShareTweet

तिलोत्तमा । नियम अनुसार सहकारी संस्थाको सदस्यता प्राप्त गरेको ब्यक्तिबाट मात्र बचत संकलन गर्ने र सदस्य भित्रमात्र ऋण लगानी गर्ने सहकारी संस्था कुनै समस्यामा नपर्ने सहकारी अभियानमा लागेकाहरुले बताएका छन् ।
उनीहरुले सहकारी संस्था नेपालमा समृद्धि र सामाजिक न्यायको बलियो आधार भएकाले त्यसका लागि पारदर्शी व्यवस्थापन, प्रभावकारी नियमन, प्रविधिको उपयोग र सदस्यहरूको सचेत सहभागिता हुनुपर्ने आवश्यक्ता समेत औंल्याएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगर स्थित सदुपयोग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं बार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले सहकारी संस्थाका संचालकहरुले सर्वसाधारण शेयर सदस्यहरुले गरेको निक्षेप सहि ठाउंमा लगानी गरी उचित प्रतिफल दिने गरी काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा तिलोत्तमा ३ का वडाअध्यक्ष कल्याण प्रसाद पौडेलले कतिपय सहकारी संस्थाका संचालकहरुको मनोमानी र गैर सदस्यहरुलाई ऋण लगानी गरेका कारण सर्वसाधारण शेयर सदस्यहरुको निक्षेप हिनामिना भएको भन्दै आफ्नो बचतको सुरक्षाका लागि संचालक संगै शेयर सदस्य पनि सचेत र जिम्मेवार बन्न जरुरी रहेको बताउनु भयो ।
सहकारी संस्थाका अध्यक्ष कमल अर्यालले सस्तो लोकपृयतालाई संस्थाले सदस्य र समुदाय केन्द्रित कारोबारलाई बढी जोड दिएको बताउनुभयो । उहांले सहकारीका सबै कारोवार सहकारीको विनियम, सञ्चालन कार्यविधि, मापदण्ड र निर्देशिका भित्र रहेर कारोवार गरिएको र सेवालाई परिमार्जित, संस्थागत र प्रतिष्प्रधि बनाउंदै सदस्यहरुलाई अधिकतम प्रतिफल दिने प्रतिवद्धता जनाउनुभयो ।
सहकारीका कोषाध्यक्ष ढकबहादुर टण्डनले आर्थिक वर्ष २०८२÷८३ का लागि १ करोड ७ लाख ४० हजार बराबरको अनुमानित आय ब्यय प्रस्तुत गर्नुभयो । उहांले मुलुकमा ब्याप्त आर्थिक मन्दीका कारण सहकारी संस्थाको आर्थिक कारोवारमा समस्या परेको र जसका कारण तरलता ब्यवस्थापनमा समस्या आएको आएको जानकारी गराउनु भयो ।
संस्थाका सचिव प्रकाश चापागाईले सहकारी संस्थाको निक्षेप ३ करोड ७ लाख ५२ हजार ३८५, शेयर पूजी १ करोड २४ लाख ८५ हजार ५०० तथा ८२२ जना शेयर सदस्य रहेको जानकारी गराउनु भयो । उहांले सहकारीको तरलता ब्यवस्थापनका लागि निक्षेप र ऋणको ब्याजदरमा आंशिक परिवर्तन गरिएको बताउनु भयो ।
साधारण सभामा सहकारीका सल्लाहकार खिमानन्द भट्टराई, उपाध्यक्ष नारायणी शर्मा अधिकारी, लेखा सुपरीक्षण समिति संयोजक मिना रेश्मी, शेयर सदस्य सिता देवी कुमाल लगायतले बोल्दै पछिल्लो समय केही सहकारी संस्थामा देखिएका समस्याबाट पाठ सिकेर अगाडी बढ्नुपर्ने सुझाव राख्नुभयो ।
कार्यक्रममा एस.ई.ई. र कक्षा १२ मा उत्कृष्ट अँक ल्याउने शेयर सदस्यका छोरा छोरी र उत्कृष्ट ऋणि शेयर सदस्यलाई नगद सहित सम्मान गरिएको थियो ।

≪ Previous Post

आज देखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ

Next Post ≫

सोह्र श्राद्ध दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गरिँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क