बुटवल । रुपन्देहीको मणिग्राममा मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासी जिल्लाको सुनवल नगरपालिका घर भइै हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ भलवारी तीनधुरा बस्ने २० वर्षीय खेम भुसाल रहेका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाईकल सोमवार बिहान पौने ४ बजे सिद्वार्थ राजमार्ग अन्तर्गत बुटवल–बेलहिया सडक खण्डमा पर्ने तिलोत्तमा– ५ मणिग्राममा अनियन्त्रित भई आफै पल्टिएको थियो ।
प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका भुसाललाई उपचारको लागि क्रिमसन अस्पताल पुर्याइएकोमा तत्कालै मृत्यु भएको थियो ।
पानी परेकाले मोटरसाइकलको टायर चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।