Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सिद्धार्थनगर पूर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना घोषणा
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सिद्धार्थनगर पूर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना घोषणा

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०८२ · 0
सिद्धार्थनगर पूर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना घोषणा
90
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पुर्ण संस्थागत प्रसुति सेवायुक्त एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मगंलवार आयोजित एक कार्यक्रममा नगर प्रमुख एवं सविधान सभा सदस्य इश्तियाक अहमद खाँले नगरपालिकालार्ई पुर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना घोषणा गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले पुर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणाका लागि खट्नुहुने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताउनुभयो । उहांले सिद्धार्थनगरले एक पछि अर्को गर्दै उत्कृष्ट काम गर्दै गएको समेत उल्लेख गर्नुभयो ।
नगर प्रमुख खाँले नियमित रुपमा खटेर सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिदै महिला स्वास्थ्य स्वयंसेविकाको सेवासुविधा बढाउने कुरामा पालिका सकारात्मक रहेको बताउनुभयो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले खोप लगाउन पाउनु बालबालिकाको अधिकार भएको बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सबैको मिहिनेत र सहयोगले सिद्धार्थनगरलाई पुर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना घोषणा गर्न सफल भएको बताउनुभयो ।
पूर्ण खोप पालिका सुनिश्चित गर्ने कार्यविधि राष्ट्रिय निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रियाहरु पूरा गरी सिद्धार्थनगरले पुर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना घोषणाका लागि १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको स्वास्थ्य शाखा प्रमुख इस्वरी न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा पालिकालाई पुर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना घोषणाका दुईबटा छुट्टा छुट्टै प्रमाण पत्र प्रदान गरिएको थियो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाई र समितिका सदस्य सचिव चिन्तामणि ज्ञवालीले उक्त प्रमाणपत्र नगर प्रमुख खाँलाई प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा भिम अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शकुन्तला गुप्ता, मेडिकल कलेज भैरहवाका डा. शदन मुखी, बडा नं ९ का वडा अध्यक्ष सेसकान्त भण्डारी, स्वास्थ्य शाखाकी गिता न्यौपाने पोखरेल, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

≪ Previous Post

रोहिणी ‘पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका’ घोषणा

Next Post ≫

बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउन बुटवल उपमहानगरको पहल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क