Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रोहिणी ‘पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका’ घोषणा
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

रोहिणी ‘पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका’ घोषणा

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०८२ · 0
रोहिणी ‘पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका’ घोषणा
70
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरिएको छ । सोमबार रोहिणी–३ स्थित धकधईमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणाका लागि अहोरात्र खट्नुहुने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताउनुभयो । ‘तपाईहरु सबै लागेर रोहिणी गाउँपालिकाले यो सफलताप्राप्त गरेको हो, ’उहाँले भन्नुभयो ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले रातदिन खटेर सहज रुपमा स्वास्थ्य सेवाप्रदान गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिनुभयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविकाको सेवासुविधा बढाउने कुरामा गाउँपालिका गम्भिर रहेको बताउनुभयो । ‘रोहिणी गाउँपालिकामा महत्वपूर्ण कार्यहरु भएका छन्, उहाँले भन्नुभयो । गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले स्वास्थ्यकर्मीलाई जति धन्यवाद दिएपनि त्यो कमै हुने बताउनुभयो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले खोप लगाउन पाउनु बालबालिकाको अधिकार भएको बताउनुभयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । रोहिणी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले सबैको मिहिनेत र सहयोगले रोहिणीलाई पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरिएको बताउनुभयो ।
पोखरभिण्डी स्वास्थ्य चौकीका इञ्चार्ज तारा प्रसाद गैरेले खोप लगाउने उमेरका कुनै पनि बालबालिका छुट्न नहुने बताउनुभयो । छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र कुमार यादवले खोप जस्तै कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुननपर्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा रोहिणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास प्रसाद चौधरी, गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका नारायण ढुंगाना, इन्द्रेणी ग्रामीण विकास सेवा केन्द्रका प्रतिनिधि सरस्वती थापा, महिला स्वास्थ्य स्वयंसेविका सरिता पाण्डे, पजरकट्टी स्वास्थ्य चौकीका तथ्यांक फोकल पर्सन रमेश चौवे लगायतले बोल्नुभएको थियो ।
पूर्ण खोप पालिका सुनिश्चित गर्ने कार्यविधि राष्ट्रिय निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रियाहरु पूरा गरी रोहिणी गाउँपालिकाले २०८२ वैशाख २० मा १६ देखि ५९ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको भन्दै कार्यक्रममा गाउँपालिकालाई पूर्ण खोप सुनिश्तितता प्रमाणपत्र प्रदान गरिएको थियो ।
जिल्लाखोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाई र समितिका सदस्य सचिव चिन्तामणि ज्ञवालीले उक्त प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवलाई प्रदान गर्नुभएको थियो ।

≪ Previous Post

युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

Next Post ≫

सिद्धार्थनगर पूर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना घोषणा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क