भैरहवा । रुपन्देही प्रहरीले लागु औषध सहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ३ हरहरवामा अबैध लागू औषध बिक्री बितरण गरेको भन्ने गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरोशाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको संयुक्त टोलीले जिल्ला कैलाली बर्दगोरिया गाउँपालिका ६ घर भई हाल जिल्ला रुपन्देही मायादेवी गाउँपालिका ४ सेमरी बस्ने बर्ष २३ को प्रेम रावतलाई पक्राउ गरेको हो ।
प्रहरीले निज रावत चढेको लु ७७ प ६३२६ नं.को मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उनको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ६ ग्राम ४३० मिलीग्राम बरामद गरेको छ ।
पक्राउ परेका रावतलाई थप अनुसन्धान कार्यको लागि रुपन्देही जिल्ला अदालतमा पेश भएकोमा अदालतबाट ५ दिन म्याद थप भई जिल्ला प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।