भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध रुपमा (बिना कागजात) माटो उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामा एक थान जेसिवी, दुई थान टिप्पर नियन्त्रणमा लिएको छ ।
जिल्ला बाट खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका वडा नं. ४ मा अवैध रुपमा माटो उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामा लु १ क ४५१३ नम्वरको जेसिवी, लु २ ख ३९०१ र लु २ ख ५३४२ नम्वरका टिप्पर नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका जेसिबी र टिप्परहरु आवश्यक कारवाहीको लागि ओमसतिया गाउँपालिकाको कार्यालयमा पठाइएकोमा पालिकाले रु. ९५ हजार जरिवाना गरी ती सवारी साधन छोडेको प्रहरीले जनाएको छ ।
भन्सार छलीका अबैध सामान बरामद
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउंदै गरेको अन्दाजी मुल्य रु. ६ लाख ६२ हजार ७८७ बरावरको अबैध सामान बरामद गरेको छ । प्रहरीले बिभिन्न ठाउँमा चेकजाँच गर्ने क्रममा अबैध सामान र कुखुरा नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार जिउदो बोईलर कुखुराः–१२८ गोटा (३५२ के.जी.), चिनीः– ११ बोरा (४२५ के.जि.), अण्डाः–२६ क्यारेट, प्लाष्टिक कुर्सीः– ४० वटा, गहुः– १६ बोरा, किराना सामान, लु ४३ प २५९, लु ३१ प ९२४७, लु ३३ प ६६०६ र लु ६ प ६०३७ नं. को मोटरसाइकल तथा लु १ ह ५५८६ नं. को ई–रिक्सा नियन्त्रणमा लिएको छ ।
