Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

संसारपोस्ट संवाददाता · १६ बैशाख २०८२ · 0
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन
120
SHARES
ShareTweet

बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनमा आवद्ध पेट्रोलियम ब्यवसायीहरुले पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलहरुको अध्ययन अवलोकन भ्रमण गरेका छन् ।

लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी, गुल्मी, अर्घाखाँची तथा गण्डकी प्रदेशका स्याङ्जा, बाग्लुङ्ग र रुकुम पूर्व जिल्लाका केही स्थान सहित ९ जिल्लामा पेट्रोलियम पदार्थको विक्री वितरण, ब्यवसायिक हकहितका साथै सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आईरहेको पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनको नेतृत्वमा ब्यवसायीहरुले लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी तथा गण्डकी प्रदेशका स्याङ्जा, बाग्लुङ्ग, म्याग्दी र मुस्ताङ जिल्लाको भ्रमण गरेका हुन् ।

पछिल्लो समय शिथिल बनेको नेपालको ब्यापार ब्यवसाय र पर्यटन क्षेत्रको प्रबद्र्धनमा थोरै भएपनि टेवा पुगोस् भन्ने उद्देश्यले लुम्बिनी र गण्डकी प्रदेशमा रहेका ऐतिहासिक, धार्मिक तथा प्रमुख पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन भ्रमण गरिएको पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसन रुपन्देहीका अध्यक्ष हिमाल गैरेले बताए ।

नेपालको आर्थिक विकास र समृद्धिको आधार पर्यटन क्षेत्रको विकास भएकाले एशोसियसनले बार्षिक कार्यक्रम अनुसार नै प्रत्येक वर्ष आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र सम्बन्धित जिल्लाको प्रचारप्रसारमा सहयोग पुर्याउने उद्देश्यले चारदिने अध्ययन अवलोकन भ्रमण गरिएको अध्यक्ष गैरेले बताए । अध्यक्ष गैरेका अनुसार नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले विगतका वर्षहरुमा मुगुको रारा ताल, देलखाको कालिन्चोक भगवती, जनकपुरको राम जानकी मन्दिर संगै सुदुर पश्चिमका डोटी, डडेलधुरा, अछाम, कैलाली, सुर्खेत, बाँके, बर्दियालगायतका जिल्लाका ऐतिहासिक तथा धार्मिक क्षेत्रको अध्ययन अवलोकन भ्रमण गरिसकेको छ ।

एशोसियसनको टोली स्याङजाको मिर्मीबाट कालीगण्डकी करिडोर हुदै कारिडोरमा पर्ने गुल्मी, पाल्पा, स्याङ्जा, बाग्लुङ्ग, म्याग्दी, मुस्ताङ जिल्लाका ऐतिहासिक तथा धार्मिक पर्यटकीय गन्तब्यहरुको अध्ययन अवलोकन गर्दै नेपाल चीनको उत्तरी सिमा कोरोला नाकासम्म पुगेर फर्किएको एशोसियसनका सहकोषाध्यक्ष तथा भ्रमण दलका संयोजक लोकप्रसाद भुसालले बताए । संयोजक भुसालका अनुसार भ्रमणका क्रममा पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर, मुस्ताङ जिल्लाको लोमन्थान स्थित मुस्ताङी राजाको दरबार, जोमसोम बजारबाट करिव साढे ५ किलोमिटर पश्चिम २८३० मिटरको उचाईमा अवस्थित धार्मिक आस्था र प्राकृतिक सुन्दरताको प्रतिक धुम्बाताल, म्याग्दीको बेनी नगरपालिका ९ मा नौ क्षेत्रफमा फैलिएको एउटै चक्रशिलामाथि अवस्थित धार्मिक, ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्वपुर्ण गलेशवरधाम, तातो पानी, बाग्लुङको कालिका भगवती मन्दिर, कालीगण्डकी जलविद्युत आयोजना, रानीमहल दरवार लगायतका ठाउंको भ्रमण गरिएको छ ।

एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा त्यस क्षेत्रको व्यापार व्यवसायमा समेत वृद्धि हुनुका साथै आर्थिक गतिविधि समेत चलायमान भई आन्तरिक पर्यटनको प्रवद्र्धनमा समेत टेवा पुर्याउने उद्देश्यले एशोसियसनले बार्षिक कार्यक्रममै राखेर अध्ययन अवलोकन भ्रमणलाई प्राथमिक्तामा राखेको एशोसियसनका निवर्तमान अध्यक्ष एवम् पश्चिमाञ्चल संयोजक प्रेम न्यौपानेले बताए । यस्ता भेटघाट र भ्रमणले एक आपसमा सहकार्य, एकले अर्कोलाई चिन्ने अवसर प्राप्त हुनुका साथै भ्रमणबाट अन्य स्थानको कला, संस्कृति, भाषा र भौगोलिक अवस्थाको बारेमा प्रत्यक्ष बुझ्न सकिने, एकजना मानिससँगको वार्तालाप किताब पढेको भन्दा बढी प्रभावकारी सिकाई हुने भएकाले जीवनको प्रत्यक्ष अनुभव र भोगाईका लागि यस्ता अवलोकन भ्रमण निकै फलदायी हुने संयाजक न्यौपानेको भनाईछ ।

सिमित क्षेत्रमा पेशा ब्यवसाय सञ्चालन गरेर बसेका ब्यवसायीहरुले देश, भूगोल, संस्कृति र विविधता पनि चिन्न र जान्न जरुरी रहेको र पहिला आफ्नै देशका पर्यटकीय स्थलहरू भ्रमण गरुन् र चिनुन् भन्ने उद्देश्यले भ्रमण कार्यक्रम गरिएको एशोसियसनका सचिव डांसिराम अधिकारीले बताए ।

अध्ययन अवलोकनको लागि बैशाख ११ गते बुटवलबाट गएको २५ सदस्यीय टोली १४ गते बुटवल फर्केको हो । एशोसियसनका अध्यक्ष हिमाल गैरेको नेतृत्वमा गएको टोलीमा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जा जिल्लाका ब्यवसायीहरुको सहभागिता रहेको थियो । भ्रमणकै क्रममा मुस्ताङको लेते मार्फा जस्ता ठाउँमा सो क्षेत्रका पेट्रोयिम ब्यवसायीहरुका समस्या, सम्भावना र ब्यवसायिक अनुभवका विषयमा छलफल, अन्तरक्रिया, गोष्ठी लगायतका कार्यक्रम गरिएको एशोसियसनका केन्द्रीय सदस्य राजु न्यौपानेले जानकारी गराए ।

काली गण्डकी करिडोरका कारण बुटवल देखि मुस्ताङ जिल्ला सम्मको दुरी कम भएको, केही अपवाद बाहेक कोराला नाका सम्मकै सडक फराकिलो र सवारी सन्चालका लागि सहज भएकाले चार दिने अध्ययन अवलोकन भ्रमण उद्देश्य अनुरुप निकै उपलब्धी मुलक रहेको एशोसियसनका वरिष्ठ उपाध्यक्ष योगेन्द्र गुप्ताले बताए ।

≪ Previous Post

शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश चौधरीमाथि गोली प्रहार

Next Post ≫

अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क