Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सिद्धार्थनगरमा छाडा कुकुरको बन्ध्याकरण सिविर
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धार्थनगरमा छाडा कुकुरको बन्ध्याकरण सिविर

संसारपोस्ट संवाददाता · ३ बैशाख २०८२ · 0
सिद्धार्थनगरमा छाडा कुकुरको बन्ध्याकरण सिविर
50
SHARES
ShareTweet

भैरहवा । रेविजको प्रकोप न्युनिकरण र छाडा कुकुरको संख्या कम गर्न रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा बुधवारदेखि एक हप्ते ‘छाडा कुकुर बन्ध्याकरण शिविर’ संचालन गरिएको छ । चालु आर्थिक बर्षमा सिद्धार्थनगरले यो सिविर दोस्रो पटक आयोजना गरेको हो ।

छाडा कुकुर बन्ध्याकरणका लागि सन् २०१० देखि नेपालमा काम गर्दै आएको संस्था हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोग, सिद्धार्थनगर नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रुपन्देहीको संयुक्त आयोजनामा उक्त शिविर संचालन गरिएको हो ।

नगर क्षेत्रमा देखा परेका भाले र पोथी छाडा कुकुरलाई नियन्त्रणमा लिई गाडीबाट शिविर स्थलमा ल्याई लठ्याएर बन्ध्याकरण गरिनुको साथै एक बर्षसम्मका लागि हुने गरि रेविजको भ्याक्सिन (खोप) लगाइदिएपछि कुुकुरलाई यथास्थानमैं छाडिदिने गरिएको छ । बन्ध्याकरण गरिएको र एक बर्षका लागि रेबिज भ्याक्सिन लगाइएको जानकारीका लागि कुकुरको देब्रे कानमा यु आकारले चिरेर संकेत दिने गरिएको छ ।

हिमालयन एनिमल रेस्क्यु ट्रष्टका संस्थापक तथा संचालक खगेश्वर भट्टराइले शिविर अवधिमा धेरै भन्दा धेरै कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको बताउनुभयो । छाडा कुकुरको संख्या कम गरी रेविजको प्रकोप न्युनिकरण गर्नका लागि सिद्धार्थनगर नगरपालिकाले चालु आर्थिक वर्ष यो दोस्रो पटक सिविर आयोजना गरेको हो ।

सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खानले नगरमा छाडा कुकुरको बन्ध्याकरण र रेविज भ्याक्सिन कार्यक्रमलाई प्रत्येक बर्ष निरन्तर सचांलन गरिएको र यसले बजारमा छाडा कुकुर धेरै कम हुदै गएको बताउनुभयो । सन् २०३० सम्ममा बिश्वबाट रेविज उन्मुलन गर्ने अभियान संचालन छ । पशु कल्याण निर्देशिका २०७३ ले कुनै पनि कुकुर मार्न नपाइने व्यवस्था गरेको छ । ‘संख्यामा बृद्धि नहुने गरी सबै कुकुर व्यवस्थापन गर्ने हाम्रो उद्देश्य हो’, नगर प्रमुख खाँले भन्नुभयो–‘यस्ता शिविर संचालन गरेर बन्ध्याकरण गरेमा संख्या बृद्धि हुँदैन । खोप पनि लगाइने भएकाले रेविजको जोखिम पनि कम हुन्छ ।’

आफ्ना टोल छिमेकमा बन्ध्याकरण नगरिएका कुकुर भएमा नगरपालिकालाई खवर गरी बन्ध्याकरण अभियानलाई सफल बनाउन समेत उहांले नगरवासिलाई आग्रह गर्नुभयो ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 42;
≪ Previous Post

मान्छेको घरमा आगो लगाउने र पसलबाट चोरेर भाग्नेहरुले परिवर्तनका लागि केही गर्न सक्दैनन् : प्रधानमन्त्री ओली

Next Post ≫

भलाईकोषको ४६ औँ वार्षिक साधारणसभा : चालक र मजदूरको हितमा कोषको भूमिका महत्वपूर्ण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क