Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गौतमबुद्ध बिमानस्थल संचालनकालागि सार्थक प्रयास गर्न पर्यटन मन्त्रीलाई मेयर खाँको आग्रह
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गौतमबुद्ध बिमानस्थल संचालनकालागि सार्थक प्रयास गर्न पर्यटन मन्त्रीलाई मेयर खाँको आग्रह

संसारपोस्ट संवाददाता · २८ चैत्र २०८१ · 0
गौतमबुद्ध बिमानस्थल संचालनकालागि सार्थक प्रयास गर्न पर्यटन मन्त्रीलाई मेयर खाँको आग्रह
110
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई पत्राचार गर्दै भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल संचालनकालागि सार्थक एवं प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ ।

विमानस्थल उद्घाटन भएको तिन बर्ष बितिसक्दा पनि बिमानस्थल संचालनमा आउन नसक्नु यस क्षेत्रकालागि दुःखद र पिडादायी रहेको उल्लेख गर्दै उहांले सिघ्र अन्तर्राष्ट्रिय उडान नियमित गराउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराउनुभएको छ ।

‘विमानस्थल निर्माणका लागि यहाँका नगरवासीले आफ्नो पुर्खौली थातथलो समेत छाडेर जग्गा दिएका थिए । समयमै निर्माण सम्पन्न गर्नका लागि पनि यस क्षेत्रका वासिन्दाले गरेको सहजीकरण महत्वपूर्ण छ । मेयर खाँले पत्रमा भन्नुभएको छ– “निर्माण सम्पन्न पछि पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका नगरवासी, बुद्धिजिवी, उद्योगी–व्यापारी, पर्यटन लगायत सिंगो रुपन्देहीसहित लुम्बिनी प्रदेशसमेत प्रभावित भएको छ । निर्माण सम्पन्न पछि निजी क्षेत्र र नागरिकस्तरमा देखिएको उत्साह क्रमःश निरासामा वदलिँदै गएको छ ।”

नेपालका धेरै दुरगामी महत्वलाई हेरेर विमानस्थल भैरहवामा बनाउने निर्णय भएको उल्लेख गर्दै उहांले यो विमानस्थल लुम्बिनी प्रदेश र पश्चिम नेपालकै जनताको बिकास र समृद्धिसँग जोडिएको बताउनुभएको छ । उहांले बिमानस्थललाई मध्यनजर गर्दै अर्बौं रकम ऋण सहयोग लिएर तयार भएकोमा हाल यो विमानस्थललाई आवश्यक पर्ने भौतिक पूर्वाधारहरु, चार लेनका सडकहरु, तारे होटलहरुमा अर्बौ–खर्बौं रुपैयाँ निजी क्षेत्रले गरेको लगानी समेतलाई मध्यनजर गर्दै बिमानस्थल सचांलनको बिकल्प नरहेको उल्लेख गर्नुभएको छ ।

‘नियमित अन्तर्राष्ट्रिय उडान हुन लागेको विमानस्थललाई अझै व्यवस्थित गरी पूर्ण क्षमतामा चलाएर यो क्षेत्रलाई चलायमान बनाउनु पर्नेमा सरकारले ८ महिना पहिला विमानस्थल सञ्चालन गर्नका लागि गरेका निर्णयहरु पनि कार्यान्वन नगर्दा झनै निरासा र चिन्ता थपिएको छ । मेयर खाँले भन्नुभएको छ –‘अत्यावश्यक कार्यालय पनि नखोल्ने, विमान कम्पनीलाई दिने भनिएको छुट सुविधा पनि नदिने जस्ता काम सरकारबाट भएको भन्दै यहाँको सिंगो निजी क्षेत्र आक्रोसित छ । जुन स्वभाविक पनि हो ।’

पछिल्लो समय केही महिना उडान गरेका विमान कम्पनीले समेत उडान रोक्दा विमानस्थल सुनसान भएको र बिमानस्थल निर्माणका क्रममा गरिएको अर्वौ लगानीलाई समेत सुरक्षित गर्न तत्काल अन्तर्राष्ट्रिय उडानका तालिका बनाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको छ । निजी क्षेत्रले बिमानस्थल संचालनकालागि दिदै आएको दवाव स्वभाविक रहेको जनाउदै उहांले यसलाई गम्भिरता पुर्वक लिएर बिमानस्थल संचालनकालागि सार्थक प्रयास नभएमा आफु एवं सिगों पालिकालेनै नेतृत्व गरेर दवाव सिर्जना गर्न बाध्य हुने अवस्था सिर्जना नगराउन समेत मन्त्रीलाई सचेत गराउनुभएको छ ।

≪ Previous Post

वर्षाका कारण बुटबल –नारायणघाट सडक अवरुद्ध

Next Post ≫

मान्छेको घरमा आगो लगाउने र पसलबाट चोरेर भाग्नेहरुले परिवर्तनका लागि केही गर्न सक्दैनन् : प्रधानमन्त्री ओली

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क