नवलपुर । बिहीबार बिहानदेखि परेको हल्का वर्षाका कारण नारायणघाट–बुटबल सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार धुलो बाटोमा हल्का वर्षा भएपछि हिलो र चिप्लो भएका कारण राजमार्गको दाउन्ने खण्ड बिहान ९ बजेदेखि अवरुद्ध भएको हो ।
दाउन्ने खण्डमा हिजो बुधबारदेखि चैत ३१ गतेसम्म गाडी रोकेर विस्तारको काम भइरहेको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म गाडी चलाउन दिइएको छैन । गाडी चल्न दिने समयमा समेत अवरुद्ध भएपछि यात्रीले सास्ती भोग्दै आएका छन् ।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।