Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ संघीयताको विकल्प खोज्नु राजनैतिक दूर्घटना निम्ताउनु होः महामन्त्री गगन थापा
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

संघीयताको विकल्प खोज्नु राजनैतिक दूर्घटना निम्ताउनु होः महामन्त्री गगन थापा

संसारपोस्ट संवाददाता · २७ चैत्र २०८१ · 0
संघीयताको विकल्प खोज्नु राजनैतिक दूर्घटना निम्ताउनु होः महामन्त्री गगन थापा
100
SHARES
ShareTweet

देवदह । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ठुलो संघर्षका वाबजुद ल्याईएको संघियता टाउकोले टेकेको भएकोले यसलाई खुट्टाले टेकेको संघियता बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । उहांले संघियताको विकल्प खोज्न नहुने भन्दै संघियतालाई ठिक ढंगले संचालन गर्न नजान्दा समस्या भएको जिकीर गर्नुभयो ।

सरकारमा रहेका मन्त्री र प्रधानमन्त्रीलाई १८÷२० घण्टा काम गर्न उहांले सुझाव दिनुभयो । सरकारको राम्रो कामको प्रचार आफुहरुले गर्ने भन्दै महामन्त्री थापाले सरकारले ठीक समयमा ठीक काम नगरेकै कारण शिक्षकहरु सडकमा उत्रिएको उल्लेख गर्नुभयो । उहांले शिक्षकहरूको माग सम्वोधन गरेर छिटोभन्दा छिटो कक्षा कोठामा फर्काउने वातावरण मिलाउन सरकारलाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनको रुपन्देहीको देवदहमा उद्घाटन गर्दै महामन्त्री थापाले प्रदेशको खर्च घटाउंदै जनप्रतिनिधिको संख्या कम गरी प्रदेशको मुख्यमन्त्री बनाउने पद्धतीमा समेत परिवर्तन आवश्यक रहेको स्पष्ट पार्नुभयो । मुलुकको निर्वाचन प्रणालीमा आमुल परिवर्तन आवश्यक रहेको भन्दै उहांले केन्द्रिय सांसद, प्रदेश सांसद र स्थानीयका जनप्रतिनिधीहरुको संख्यापनि घटाएर खर्च कम नगर्दासम्म जनताको मुलप्रवाहका दलहरु प्रतिको वितृष्णा कम नहुने तर्क गर्नुभयो ।

कांग्रेस र एमालेको गठबन्धनबाट वनेको सरकार बलियो मात्रै भएर पुग्दैन, जनताको विश्वास आर्जन गर्ने गरी काम गर्न नसकेको उहांले खुलासा गर्नुभयो । प्रधानमन्त्री ओली प्रति लक्षित गर्दै महामन्त्री थापाले तावाको विड तातेर हुदैन तावा नै तात्नु पर्ने भन्दै अहिले तावा तताउने काम कमजोर भएको उल्लेखगर्नुभयो ।

महामन्त्री थापाले जनताको भरोसा आर्जन गर्ने गरी कामको गति अगाडी बढाउन सरकारलाई सुझाव दिनुभयो । गणतन्त्रात्मक व्यवस्थामा समस्या रहेको र त्यसको समाधान अपरिहार्य छ भन्दै महामन्त्री थापाले संघियताको विकल्प खोज्नु भनेको राजनैतिक दूर्घटना निम्ताउनु हो भन्नुभयो ।

नेपालको राजसंस्थाको चरित्र नै संबैधानिक भएर बस्न नसक्ने भएको विगतका प्रमाणहरुले देखाएको प्रसंग उल्लेख गर्दै उहांले पछिल्लो समय जनतामा आक्रोश बढिरहेको र राजाबादी समूहले जनतामा रहेको असन्तुष्टीलाई दुरुपयोग गर्ने गरी आगोमा घिउ थप्ने काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांण, अब्दुल रज्जाक, भरतकुमार शाह, गंगा शाही, नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण लगायतले बोल्दै देशमा विकास भएपनि जनताले सोचे र खोजे अनुसारको विकास नभएको कारण जनतामा असन्तुष्टी बढेकोले सरकारले विकासको गतिलाई बढाउनु पर्ने धारणा राख्नुभयो ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं १ का क्षेत्रीय सभापति हिरा केसीको सभापतित्वका कार्यक्रम भएको थियो ।

≪ Previous Post

अर्घाखाँचीको पाणिनी जन्मभूमि ध्यानभूमि, ज्ञानभूमि र देवभूमि हो : प्रधानमन्त्री ओली

Next Post ≫

नेपाल बारमा कांग्रेस एमालेको प्यानलै बिजयी, अध्यक्षमा बिजय मिश्र विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क