Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शँकरनगर सामुदायिक बनको विशेष साधारण सभा : मेडिकल कलेजलाई ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

शँकरनगर सामुदायिक बनको विशेष साधारण सभा : मेडिकल कलेजलाई ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित

संसारपोस्ट संवाददाता · २३ चैत्र २०८१ · 0
शँकरनगर सामुदायिक बनको विशेष साधारण सभा : मेडिकल कलेजलाई ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित
160
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शँकरनगर सामुदायिक वन उपभोक्ता समूहको विशेष साधारण सभाले सामुदायिक वन क्षेत्रमा निर्माण हुने बुटवल मेडिकल कलेजका लागि ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरेको छ ।

समुदायले संरक्षण गरेको जंगल भएको र बुटवल मेडिकल कलेजलाई उक्त जग्गा भोगाधिकारका लागि सामुदायिक वनको शिफारिस आवश्यक पर्ने भएकाले सामुदायिक वनले विशेष साधारणसभाको आयोजना गरी मेडिकल कलेजलाई ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

विशेष साधारणसभामा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले शँकरनगर सामुदायिक वन क्षेत्रमा निर्माण हुने मेडिकल कलेज यस क्षेत्रको गौरवको आयोजना भएकाले कलेज स्थापनाका लागि सामुदायिक वन समूहले जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरेर सह्रानिय कार्य गरेको वताउनु भयो । उहांले मेडिकल कलेज स्थानीयको लागि आवश्यक परियोजना रहेको बताउंदै कलेजका संरचना निर्माण गर्दा कम भन्दा कम रुख कटानी गर्न र रुख काट्नै पर्ने भए काटिएका रुखहरु सामुदायिक वनले पाउनुपर्ने बताउनुभयो ।

डिभिजन वन कार्यालय रुपन्देहीका डिभिजन प्रमुख प्रविण विडारीले पछिल्लो समय रुपन्देहीका सडक, तथा विभिन्न परियोजनाको नाममा वनको क्षेत्र फल घट्दै गएको बताउनुभयो । उहांले वन हिन्दु धर्म संस्कारसँग जोडिएको प्रसङ्ग उल्लेख गर्दै जन्मदेखि मृत्युसम्म दुना टपरीका लागि पात देखि विभिन्न बस्तु जंगलबाटै प्राप्त हुने भएकाले सवैले वन जंगलको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । सडक तथा विभिन्न परियोजनाका नाममा यसैगरी वन जंगलको क्षेत्र घट्दै जाने र वन जंगल जोगाउने तर्फ कसैको ध्यान नपुग्ने हो भने सामान्य दुना टपरीका लागि पनि भाट भटेनी जस्ता सुपर मार्केटतिर धाउनुपर्ने परिस्थिति आउन सक्ने बताउनुभयो ।

सामुदायिक वनका कानुनी सल्लाहकार तथा लुम्बिनी प्रदेशका पूर्व महान्यायाधिवक्ता खुमाकान्त पौडेलले विगतमा भूमाफियाहरुले सामुदायिक वन क्षेत्रका ८२ विगाहा बन अतिक्रमण गर्ने प्रयास गर्दा अदालती प्रक्रियाबाट निकै मेहनत गरेर संरक्षण गरेको उल्लेख गर्नुभयो । उहांले अहिले मेडिकल कलेज निर्माणका लागि सामुदायिक वनले कलेजलाई भोगाधिकार दिँदा स्थानीयहरूलाई लाभ हुने बताउंदै यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको मेडिकल कलेज स्थापना हुँदा चिकित्सक तथा नर्सिङ्ग जनशक्ति उत्पादन हुने, रोजगारीको सिर्जना हुनुको साथै विपन्न तथा अन्य बिरामीले सरल र सहज रूपमा उपचार पाउने बताउनुभयो ।

बुटवल मेडिकल कलेजका निर्देशक दिलिप देवकोटाले स्थानीय उपभोक्ताको मर्म बमोजिम तथा नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णय र प्रचलित कानुन अनुसार आफुले सहजीकरण गर्ने बताउनुभयो ।

सामुदायिक बनका अध्यक्ष रविन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रसका तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, एमाले नगर अध्यक्ष मिनप्रसाद पोख्रेल, सामुदायिक वनका निवर्तमान अध्यक्ष राम गिरी, पूर्व अध्यक्ष केशव न्यौपाने, सल्लाहाकार टेकबहादुर थापा, टिकानिधि गौतम, मोहन चापागाई, राजु राना, बनकी उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारी, कोषाध्यक्ष भूवन आचार्यलगायत साधारण सभामा सहभागि पार्षदहरुले बोल्दै मेडिकल कलेज निर्माण हुनु स्थानीयका लागि खुशीको कुरा हो भन्दै कलेज निर्माणका क्रममा काटिने रुख तथा काठ दाउराको उपभोग सामुदायिक वनले गर्न पाउनुपर्ने माग गरे ।
करिव ५८४ हेक्टर क्षेत्रफलमा फैलिएको शंकरनगर सामुदायिक वनको सेवा क्षेत्र तिलोत्तमा नगरपालिकाका वडा नम्वर १, २, ३ र ४ रहेको छ ।

वनको संरक्षण, दिगो उपयोग सम्बन्धी कार्यक्रम संचालन, जैविक विविधताको संरक्षण, डढेलो नियन्त्रण, समूहमा सुशासन कायम राख्न सफल, दिगो उपयोग, वातावरण सन्तुलन तथा गरीबी न्यूनीकरणमा पु¥याएको योगदानको कदर गर्दै नेपाल सरकार वन तथा बातावरण मन्त्रालय र वन तथा भू–संरक्षण विभागबाट शँकरनगर सामुदायिक वन २०७९ सालमा ‘गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार’ प्राप्त गर्न सफल भएको थियो ।

वनको संरक्षण र सम्वद्र्धन संगै पर्यटकीय क्षेत्रमा समेत राम्रो काम गरेको, वन क्षेत्रमा रहेको खाली जग्गामा वृक्षारोपण गरी वातावरण संरक्षणमा समेत विशेष योगदान पु¥याएका कारण नेपाल भरीका सामुदायिक वन उपभोक्ता समूहबाट छनोट भई शँकरनगर सामुदायिक वनले पुरस्कार स्वरुप नगद रु. एक लाख र प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो । देश भर रहेका सामुदायिक वनहरुमध्ये सबैभन्दा राम्रो काम गर्ने सामुदायिक वनहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले बार्षिक रुपमा गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रदान गर्ने ब्यवस्था छ ।

 

≪ Previous Post

रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने

Next Post ≫

होटेल पौवामा स्वाद उत्सव तथा कर्मचारी सम्मान कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क