Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एमाले–कांग्रेस गठबन्धनलाई हराउँदै वन वाटिकाको अध्यक्षमा विप्लव निकट पाण्डे विजयी
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

एमाले–कांग्रेस गठबन्धनलाई हराउँदै वन वाटिकाको अध्यक्षमा विप्लव निकट पाण्डे विजयी

संसारपोस्ट संवाददाता · २२ चैत्र २०८१ · 0
एमाले–कांग्रेस गठबन्धनलाई हराउँदै वन वाटिकाको अध्यक्षमा विप्लव निकट पाण्डे विजयी
100
SHARES
ShareTweet

बुटवल । सत्तारुढ प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनलाई हराउँदै रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन वाटिका)को अध्यक्षमा नेत्रविक्रम चन्द विप्लव निकट उम्मेदवार विजयी भएका छन् ।
केन्द्रको चौथो अधिवेशनबाट अध्यक्षमा एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार इन्जिनियर किरण खरेललाई १३५ मतान्तरले पराजित गर्दै विप्लव निकट उम्मेदवार खिमलाल पाण्डे विजयी हुनुभएको हो । अध्यक्षमा निर्वाचित पाण्डे यसअघि उपाध्यक्ष र खरेल कार्यसमिति सदस्य थिए ।
कुल ७७५ मतदाता मध्ये ६६१ मत खसेकोमा पाण्डेले ३६९ मत पाएर निर्वाचित हुँदा खरेलले २३४ मत प्राप्त गर्नुभयो । अध्यक्ष पदकी उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीकी टिकादेवी आलेले ३९ मत पाउनुभयो । अध्यक्षमा निर्वाचित पाण्डेलाई माओवादी केन्द्रले उम्मेदवारी नै फिर्ता लिएर साथ दिएको थियो भने एमाले र कांग्रेसका असन्तुष्ट पक्षले समेत आन्तरिकरुपमा साथ दिएका थिए ।
त्यस्तै उपाध्यक्षमा भने गठबन्धनकै उम्मेदवार मीनप्रसाद देवकोटा ३७८ मत ल्याएर विजयी हुनुभयो भने प्रतिद्वन्दी लेखबहादुर खड्काले १३२ र चन्दा थापाले १०९ मत प्राप्त गर्नुभयो ।
सचिवमा विदुर केसी ३७९ मत सहित विजयी हुँदा एमाले कांग्रेस गठबन्धनकी उम्मेदवार हरिकला अधिकारी (कमला) ले १८८ र हिरामति थापाले ५७ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा गठबन्धनबाटै मनिराम भट्टराई ३८५ मत ल्याएर विजयी हुँदा सौरभ भुषालले १७५ र उदयसिंह थापाले ६३ मत पाउनुभयो ।
२ जना लेखासमिति सदस्यका लागि ६ जना उम्मेदवार रहेकोमा सन्दिप भट्टराईले ३१३ र
विष्णु प्रसाद सुवेदी २११ मत ल्याएर विजयी हुनुभयो । लेखासमिति संयोजकमा गठवन्धनका प्रदिप पराजुली निर्विरोध निर्वाचित हुनुभएको थियो ।
त्यस्तै सदस्यहरुमा विन्दु ढकाल ३०२, शँकर भण्डारी २९७, पार्वती क्षेत्री २८३, सरस्वति बराल २३९, राममाया अर्याल पौडेल २२३, ज्योतिमाया थापा २१३ र लक्ष्मण मल्ल ११२ मत ल्याएर विजयी हुनुभएको छ । सदस्यमा २६ जनाको उम्मेदवारी रहेको थियो ।

≪ Previous Post

आज चैतेदशैँ पर्व : शक्तिस्वरूपा भगवतीको पुजा–आराधना गरी मनाइदै

Next Post ≫

रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क