बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर– ६ मा रहेको बुटवल कृषि उपज तथा थोक बजार केन्द्र लामो समय देखि बिना टेन्डर सञ्चालनमा रहेको भन्दै व्यवसायीहरुले विरोध गरेका छन् ।
नयाँ टेन्डरमा जाने भन्दै सूचना प्रकाशित गरेपनि त्यहि भित्रका व्यवसायीहरुले पुनः अदालतमा मुद्धा हालेपछि टेन्डर अनिर्णयको बन्दी भएको भन्दै अबिलम्ब टेन्डर सूचना अनुसार गरिएको कार्यलाई पूरा गर्नको लागि व्यवसायीहरुले माग गरेका हुन् । लामो समय देखि पुर्ववत सम्झौता सकिएपछि पनि सटरमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले अदालती पक्रियामा झमेला गरी अहिले सम्म पनि ‘अवैध’ रुपमा ब्यवसाय गर्दै आएकोमा अन्य व्यवसायीहरुले विरोध गरेका हुन् ।
वि.स. २०८१ भदौ २४ गते कृषि बजार व्यवस्थापन समितिले ६८ वटा सटर भाडामा लगाउने गरी बोलपत्रको सूचना प्रकाशन गरेको थियो । सोही अनुसार ६८ वटा सटरको लागि २ सय ६७ वटा बोलपत्र दर्ता भएपनि लामो समय अदालती प्रक्रियामा गएको भन्दै उक्त टेन्डर नखोली यत्तिकै राखिएको भन्दै टेन्डर हालेका पिडीत व्यवसायीहरुले लामो समय सम्म धरौटी बापतको रकम राखेर टेन्डर नखोलेको भन्दै विरोध गरेका हुन ।