बुटवल । नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश समितिको अध्यक्षमा गणेशप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ ।
मंगलबार बुटवलमा सम्पन्न महासंघको तेस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा निर्विरोध ११ सदस्यीय नेतृत्व चयन गरेको हो ।
महासंघको बरिस्ठ उपाध्यक्षमा जयश्वर पौडेल, उपाध्यक्षमा लक्ष्मणप्रसाद बेलबासे, महासचिवमा नेगानसिं कवर र कोषाध्यक्षमा माया खनाल निर्वाचित हुनुभएको छ ।
त्यस्तैगरी महासंघको कार्यसमिति सदस्यहरूमा कृष्णप्रसाद प्रसाईं, पशुपति बस्याल, हरिप्रसाद पोख्रेल, चन्द्रप्रकाश आचार्य, मनोज कुमार बिक र रूक्मणी पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यस्तै महासंघ अन्तर्गतकै महिला समितिको अध्यक्षमा सावित्रा टण्डन निर्विरोध निर्वाचित हुनुभएको छ ।
समितिको बरिस्ठ उपाध्यक्षमा पार्वती अधिकारी, उपाध्यक्षमा मेनकला सिंह, महासचिवमा अनिशा केसी, कोषाध्यक्षमा राधिका आचार्य तथा सदस्यमा लक्ष्मी सारू मगर र राधिका पराजुली निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत गोविन्द प्रसाद मरासिनीले जानकारी दिनुभयो ।
अधिवेशनको मंगलबार लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्डकिक्रम न्यौपानेले उद्घाटन गर्नुभएको थियो ।