बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको यही चैत्र २४ र २५ गते हुने भनिएको निर्वाचन स्थगित भएको छ ।
मनोनयन गर्ने सन्दर्भमा विभिन्न जालझेल तथा प्रक्रिया भन्दा गलत तरिका अपनाइएको र पुराना व्यवसायीको नामावली प्रकाशन नगरिएको आरोप लगाउँदै उपाध्यक्ष माधव कुमार खनाल नेतृत्वको टिमले तालाबन्दी गरेको हो ।
तालाबन्दीका विच निर्वाचनको कार्यक्रम अघि बढाउन नसकिने भन्दै निर्वाचन समितिले एक सूचना जारी गरी अर्को सूचना नआउँदासम्मका लागि निर्वाचन स्थगित गरेको छ ।