Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ स्ववियु निर्वाचन : हालसम्म नेविसंघले ९९ र अनेरास्ववियुले ८६ क्याम्पसमा सभापति जिते
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

स्ववियु निर्वाचन : हालसम्म नेविसंघले ९९ र अनेरास्ववियुले ८६ क्याम्पसमा सभापति जिते

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८१ · 0
स्ववियु निर्वाचन : हालसम्म नेविसंघले ९९ र अनेरास्ववियुले ८६ क्याम्पसमा सभापति जिते
120
SHARES
ShareTweet

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत हालसम्म सार्वजनिक भएको नतिजा अनुसार नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ९९ सयवटा क्याम्पसमा सभापति पद जितेको छ ।

पछिल्लो मत परिणामअनुसार नेकपा एमालेनिकट अनेरास्ववियुले ८६ क्याम्पसमा सभापति पद जितेको छ ।

नेविसंघले रूपन्देहीको हरैया बहुमुखी क्याम्पस, यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पस, लिलाधर घिमिरे छपिया जनता कलेज लगायतका क्याम्पसहरूमा जितेको छ ।

त्यस्तै अनेरास्ववियुले रूपन्देहीको सहिद नारायण पोखरेल बहुमुखी क्याम्पस रामापुर, देवदह आदर्श बहुमुखी क्याम्पस, पाल्पाको माण्डब्य बहुमुखी क्याम्पसलगायतका क्याम्पसहरू जितेको छ ।

यद्यपि रूपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पस, पाल्पाको माण्डब्य बहुमुखी क्याम्पसलगायतका केही क्याम्पसहरूमा नेविसंघ र अनेरास्ववियुबीच समझदारीमा नेतृत्व चयन भएको बताइएको छ ।

लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण क्याम्पसको रूपमा रहेको रूपन्देहीको बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस, सिद्वार्थ क्याम्पस, राममणी बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पसलगायतका क्याम्पसहरूमा निर्वाचन प्रक्रिया अबरुद्ध भएको छ ।

यज्ञोदय बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

रुपन्देहीको शुद्धोधन गाउँपालिका ३ रमवापुरमा रहेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी भएको छ ।

बुधबार सम्पन्न स्ववियु निर्वाचनमा संयुक्त प्यानललाई पराजित गर्दै आदेश राना नेतृत्वको नेविसंघको प्यानल विजयी भएको हो ।

रानाले ३१५ मत ल्याएर विजयी भएको क्याम्पसका निर्वाचन अधिकृत भिम प्रसाद सापकोटाले बताउनुभयो । रानाका प्रतिस्पर्धी संयुक्त प्यानलका अन्जिता चौधरीले १४४ मत ल्याएर पराजित भएकी छन् ।

सचिवमा रम्भा थारुले ३०१ मत ल्याएर विजय भइन भने सयुक्त प्यानलबाट अतुल मिश्र १५७ मत ल्याएर पराजित भए । त्यस्तै कोषाध्यक्षमा माधव कुमार कडेल ३२३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी हसिबुन निशाले १५० मत ल्याइ पराजित भइन ।

खुल्ला सदस्यहरुमा किसन थारु, सानिया चालिसे, सुरेन्द्र पाठक, कृष्ण बहादुर लोनिया र अनुराधा कुमारी हरिजन निर्वाचित भएको क्याम्पसले जनाएको छ ।

यस्तै समानुपातिक तर्फ नेविसंघले ५ जना सदस्य र अनेरास्ववियुले २ जना सदस्य प्राप्त गरेको छ । क्याम्पसमा अनेरास्ववियु र अखिल (क्रन्तिकारी)को तालमेल थियो भने नेविसंघ एकल प्रतिस्पर्धामा थियो ।

क्याम्पसमा ५५० जना विद्यार्थी रहेकोमा ४६७ जनाले मतदानमा भाग लिएका थिए भने ४ मत बदर भएको थियो ।

≪ Previous Post

२३ औं तिलोत्तमा गोल्डकप : २ भारतीयसहित ८ टिमको सहभागिता रहने

Next Post ≫

आजदेखि शुक्र अस्त : चैत ६ गते राति ७ः२५ बजेदेखि अस्त हुने शुक्र चैत १० गते १ः१७ बजे उदय हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क