Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ २३ औं तिलोत्तमा गोल्डकप : २ भारतीयसहित ८ टिमको सहभागिता रहने
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

२३ औं तिलोत्तमा गोल्डकप : २ भारतीयसहित ८ टिमको सहभागिता रहने

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८१ · 0
२३ औं तिलोत्तमा गोल्डकप : २ भारतीयसहित ८ टिमको सहभागिता रहने
110
SHARES
ShareTweet

बुटवल । २३ औं तिलोत्तमा गोल्ड कप फूटवल प्रतियोगिता यहि शनिवार देखि शुरु हुदैछ । रुपन्देही जिल्ला फूटवल संघको आयोजनामा बुटवल देविनगरस्थित एन्फा एकेडेमीको फुटवल मैदानमा प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिता आयोजना हुने एन्फा मैदानमा तयारीको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

प्रतियोगिता सञ्चालन गरिने मैदानलाई सम्याउने काम सकिएको र दर्शक बस्ने प्याराफिटको सुधार र रँगरोगन तथा मैदान क्षेत्रलाई आकर्षक बनाउने काम भैरहेको संघका सचिव शंकर मल्लाहाले जानकारी गराउनुभयो ।

प्रतियोगितामा सहभागी हुने ८ टिमको टुङ्गो लगाएर टाइसिट समेत तयार भैसकेको छ । संघका अनुसार प्रतियोगितामा आयोजक रुपन्देही–११, चर्च ब्वाइज युनाइटेड, एपिएफ, संकटा एफसी, मच्छिन्द्र फुटवल क्लब, नेपाल पुलिस क्लब, जर्जियन एफसी भारत र एडोर्न गडवाल स्पोर्टिङ कलब भारतको सहभागिता रहने छ । सहभागि ८ टिमलाई दुई समूहमा विभाजन गरि खेल खेलाईने छ ।

जसमा समूह ए मा आयोजक रुपन्देही–११, एपिएफ, संकटा एफसी, जर्जियन एफसी, भारत रहेको छ भने समूह वि मा चर्च व्याइज युनाइटेड, मच्छिन्द्र फुटवल क्लब, नेपाल पुलिस क्लब, र एडोर्न गडवाल स्पोर्टिङ कलब, भारतको टिम रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेल चैत्र ९ गते आयोजक करेन्ट रुपन्देही–११ र एपीएफकावीच हुने छ । चैत्र १० गते चर्च व्वाइज युनाइटेड र नेपाल पुलिस क्लब, चैत्र ११ गते संकटा एफसी र जर्जियन एफसी, भारत, चैत्र १२ गते मच्छिन्द्र एफसी र एडोर्न गडवाल स्पोर्टिङ कलब, भारतकावीच खेल हुने छ । प्रतियोगिताको फाइनल चैत्र १६ गते हुने छ ।
यशोदा फुड्स प्रा.लि. र त्रिमुर्ति ईण्डष्ट्रिज प्रा.लि. को मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै विधागततर्फ उत्कृष्ट हुने सबैले जनही ३१–३१ हजार र ट्रफी पाउने छ भने सर्वश्रेष्ठ खेलाडीलाई एक थान मोटरसाइकल वा स्कुटर प्रदान गरिने छ । प्रतियोगिताका प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई ११ हजार १ सय ११ सहित ट्रफी प्रदान गरिने संघका अध्यक्ष लोक पुनले जानकारी गराउनुभयो । प्रतियोगिताको २२ औं संस्करण मनाङ मस्र्याङ्दी क्लब, काठमाडौंले जितेको थियो ।

तिलोत्तमा गोल्ड कपको हालसम्म आयोजित २२ वटा प्रतियोगितामा सहभागि भएका १५ क्लबले उपाधि जितेका छन् । जसमा तीन वटा उपाधि विदेशी टिमहरु भारतको बम्बई फर्टिलाईजर मुम्बई र महिन्द्रा एण्ड महिन्द्रा तथा क्यामरुनको दाउफिन्स एफसीले जितेका छन् ।

प्रतियोगिताको २०३३ सालमा आयोजित पहिलो संस्करणको उपाधि सिद्धार्थ खेलकुद परिषद् रूपन्देहीले जितेको थियो भने २२ औं संस्करणको (डिफेण्डीङ च्याम्पियन) उपाधि मनाङ मस्र्याङदी क्लब रहेको छ ।

हालसम्म कालिका स्पोर्टिङ क्लब र महेन्द्र पुलिस क्लबले ३–३ पटक जितेर कप कब्जा गरेका छन् भने त्रिभुवन आर्मी क्लब र रूपन्देही ११ ले २–२ पटक जितेका छन् । यो प्रतियोगिता बम्बई फर्टिलाइजर भारत, जनकपुर चुरोट कारखाना, आरएनएसी, महिन्द्रा एण्ड महिन्द्रा मुम्बई, फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब, सिएमसी संकटा, थ्रिस्टार क्लब काठमाडौं, क्यामरुनको दाउफिन्स एफसी र मनाङ मस्र्याङदी क्लबले १–१ पटक जितेका छन् ।

≪ Previous Post

पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति लिन आह्वान : स्वीकृति नलिए जफत

Next Post ≫

स्ववियु निर्वाचन : हालसम्म नेविसंघले ९९ र अनेरास्ववियुले ८६ क्याम्पसमा सभापति जिते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क