Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : बागमती र कर्णाली प्रदेश विजयी
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : बागमती र कर्णाली प्रदेश विजयी

संसारपोस्ट संवाददाता · ४ चैत्र २०८१ · 0
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : बागमती र कर्णाली प्रदेश विजयी
110
SHARES
ShareTweet

भैरहवा । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार भएका दुई खेलमा बागमती र कर्णाली प्रदेश विजयी भएका छन् ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको बलियो योगफल बनाएको थियो । बागमतीका ओपनर इशान पाण्डेले सर्वाधिक ६९ रन जोडे । उनले ८२ बलमा ६ चौका प्रहार गरे । यस्तै, विपिन आचार्यले अविजित ६३, शुभ कंसाकारले ५२, विवेक रानाले ३४ र रिजन ढकालले नटआउट २३ को योगदान गरे ।

गण्डकी लागि अर्जुन कुमालले ४ तथा विपिन खत्री र सुवास भण्डारीले समान २–२ विकेट लिए । २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अलआउट भयो । उसका लागि वंश क्षेत्रीले सर्वाधिक ५५ रन जोडे । यस्तै, ओपनर समिर कंडेलले २६, अमृत गुरुङले २० तथा कमल परियार र दीपक डुम्रे समान १९ रन जोड्दा सुवास भण्डारीले १८ रन बनाए ।

बागमतीका लागि ब्याटिङमा अर्धशतक प्रहार तथा प्लेयर अफ द म्याच भएका इशान पाण्डेले ४ विकेट लिए । यस्तै, साकार गजुरेलले २ तथा सूर्य तामाङ, रिजन ढकाल र गौतम केसीले समान १–१ विकेट लिए ।

यता रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशमाथि १ सय २७ रनको फराकिलो जित हासिल गर्यो । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल बनाएको थियो । कर्णालीका अर्जुन घर्तीले नटआउट रहँदै सर्वाधिक ८८ रन बनाए । उनले ९५ बलको सामना गर्दै ११ चौका र २ छक्का प्रहार गरे । हिमाशुं शाहीले ४६, प्रकाश जैसी १८, सुनिल धमलाले १३ तथा निश्चल रावलले १२ रन बनाए ।

कोशीका विपिन महतोले ३, दिपेश कंडेल र प्रकाश कार्कीले समान २–२ तथा सुजन थपलिया र श्रवण किस्कुले १–१ विकेट लिए । २ सय १९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रन बनाउँदा अलआउट भयो । कोशीका ओपनर चिराग साहले सर्वाधिक २५ रन जोडे । सकिब हक १३ र कप्तान अंकित सुवेदी १० रनमा आउट भए । कोशीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कर्णालीका सुनिल धमला र दीपेन्द्र रावतले समान ३–३, कप्तान दिवान पुनले २ तथा अनुज चुनाराले १ विकेट लिए ।

≪ Previous Post

नेपाल प्रहरीको ३१ औ महानिरीक्षकमा दीपक थापा नियुक्त

Next Post ≫

पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति लिन आह्वान : स्वीकृति नलिए जफत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क