Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाल प्रहरीको ३१ औ महानिरीक्षकमा दीपक थापा नियुक्त
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

नेपाल प्रहरीको ३१ औ महानिरीक्षकमा दीपक थापा नियुक्त

संसारपोस्ट संवाददाता · ३ चैत्र २०८१ · 0
नेपाल प्रहरीको ३१ औ महानिरीक्षकमा दीपक थापा नियुक्त
80
SHARES
ShareTweet

काठमाडौं । नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक (आईजीपी) पदमा दीपक थापा नियुक्त हुनुभएको छ । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आईजीपी वसन्तबहादुर कुँवर आज राति १२ बजेदेखि अनिवार्य अवकासमा जाने भएपछि सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो ।

आईजीपी बन्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक एआईजी थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदिप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ प्रतिस्पर्धामामा रहेपनि सरकारले थापालाई नियुक्त गरेको हो ।

थापा, गिरी र तामाङ २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए । तर, थापा एआईजी बनेको दुई सातापछि मात्र गिरी र तामाङ एआईजीमा बढुवा भएका थिए । थापा आईजीपी २०८२ भदौ १९ गतेसम्म सेवामा रहनुहुनेछ ।

सरकारले थापालाई आईजीपीमा नियुक्त गरेपछि गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बिदाइ गर्नुभएको छ ।

आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक कुँवरलाई गृहमन्त्री लेखकले बधाई दिँदै सेवा निवृत्तपछिको जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक कुँवरले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रका लागि थप काम गर्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहांले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक पदसम्मको यात्रा सम्पन्न गरी आज बिदाइ हुँदै गरेको क्षणलाई सम्मान र गौरवको रूपमा लिएको बताउनुभयो ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको शान्ति, सुरक्षाको सुनिश्चितता गर्ने प्रहरी सङ्गठन प्रमुखको महत्त्वपूर्ण र गरिमामय पदमा रही मुलुकका लागि कुवँरले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।

को हुन् नवनियुक्त आइजिपी थापा

प्रहरी महानिरीक्षकमा नियुक्त दीपक थापा २०२८ मंसिर ८ गते, सूर्यविनायक नगरपालिका–८ सिपाडोल, भक्तपुरमा जन्मनुभएको थियो । २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षक बनेका थापा २०६३ साल भदौ ८ गते प्रहरी नायब उपरीक्षक बन्नुभएको थियो । २०७२ साउन ८ गते प्रहरी उपरीक्षक, २०७५ चैत ६ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक बन्नुभएका थापा त्यही वर्ष चैत ६ गते प्रहरी अतिरिक महानिरीक्षक हुनुभएको थियो । नेपाल प्रहरीको विभिन्न निकायमा काम गरिसक्नुभएका थापा अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख हुनुहुन्छ ।

आईजीपी थापाले कानुनमा एलएलबी, राजनीति शास्त्रमा एमए र जनप्रशासनमा एमपिए गर्नुभएको छ । उहां नेपाल प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालय, प्रशासन विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखसमेत भइसक्नुभएको छ । साथै, उहांमा बागमती प्रदेश प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, तथा विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा काम गरेको राम्रो अनुभव छ । थापाले संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत सुडान र लाइबेरियामा पनि सेवा गरिसक्नुभएको छ । थापा प्रहरी संगठनको विद्यमान ३० वर्षे सेवा अवधि अनुसार ६ महिना प्रहरी महानिरीक्षकको कुर्सीमा हुनुहुनेछ ।

तर, गृह मन्त्रालयले प्रहरी सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ । उक्त विधेयक कार्यान्वयनमा आएको खण्डमा थापाको कार्यकाल थप छ महिना थपिने छ । थापा राजनीतिक सन्तुलन मिलाएर कार्यसम्पादन गर्ने छवि बनाएका अधिकृत भनेर चिनिनुहुन्छ । थापालाई मंगलबार गृह मन्त्रालयमा दज्र्यानी चिन्हद्वारा सुशोभित गर्ने कार्यक्रम छ । सो कार्यक्रम सकिएपछि थापा प्रहरी प्रधान कार्यालयमा पुगेर कार्यभार सम्हाल्नुहुनेछ ।

≪ Previous Post

रुपन्देहीमा रात्रीकालीन बजार सञ्चालनको माग : चार पालिकाले बुझाए सिडिओलाई ज्ञापनपत्र

Next Post ≫

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : बागमती र कर्णाली प्रदेश विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क