Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीमा रात्रीकालीन बजार सञ्चालनको माग : चार पालिकाले बुझाए सिडिओलाई ज्ञापनपत्र
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

रुपन्देहीमा रात्रीकालीन बजार सञ्चालनको माग : चार पालिकाले बुझाए सिडिओलाई ज्ञापनपत्र

संसारपोस्ट संवाददाता · ३ चैत्र २०८१ · 0
रुपन्देहीमा रात्रीकालीन बजार सञ्चालनको माग : चार पालिकाले बुझाए सिडिओलाई ज्ञापनपत्र
110
SHARES
ShareTweet

भैरहवा । रूपन्देहीमा रात्रीकालीन बजार सञ्चालनको माग गर्दै बुटवल उपमहानगरपालिकासहित चार स्थानीय तहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउनेमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिका रहेका छन् ।

जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाईसहित बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण, सिद्वार्थनगर नगरपालिकाका प्रमुख इस्तिहाक अहमद खाँ र सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको टोलीले आज दिउँसो रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाएको हो ।

बुटवलको कालिका पथमा रात्रीकालीन बजार सञ्चालन गर्ने बिषयमा सरोकारवालाहरूबीच पटकपटक छलफल भइ सहमति भए पनि अझैसम्म कार्यान्वयन हुनसकेको छैन ।

सरोकारवालाहरूसँग पटकपटक छलफलपछि बुटवल उपमहानगरपालिकाले बुटवलको कालिकापथमा रात्रीकालीन तथा ट्राफिक चोक र अमरपथमा राति ११ बजेसम्म बजार सञ्चालन गर्ने योजना अगाडि सारेको नगर प्रमुख पाण्डेयले जानकारी दिनुभयो ।
रात्रीकालीन बजार सञ्चालन गर्ने उदेश्यले प्रस्तावित क्षेत्रमा हाइमास्ड लाइट, सिसिटिभि क्यामेरा जडानलगायतका पुर्वाधार तयार भइरहेको उहांले बताउनुभयो ।

≪ Previous Post

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : नेपाल पुलिस, त्रिभुवन आर्मी र लुम्बिनीको जित

Next Post ≫

नेपाल प्रहरीको ३१ औ महानिरीक्षकमा दीपक थापा नियुक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क