Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : नेपाल पुलिस, त्रिभुवन आर्मी र लुम्बिनीको जित
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : नेपाल पुलिस, त्रिभुवन आर्मी र लुम्बिनीको जित

संसारपोस्ट संवाददाता · ३ चैत्र २०८१ · 0
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : नेपाल पुलिस, त्रिभुवन आर्मी र लुम्बिनीको जित
120
SHARES
ShareTweet

भैरहवा । प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित निकालेका छन् ।

सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लबले लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रन बनाउँदा अलआउट भयो ।

पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२, आरिफ शेखले ४०, सागर ढकालले २२, दीलिप नाथले १९ र अमित श्रेष्ठले १८ रन बनाए ।

सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले ४, भोजराज भट्टले ३, शेर मल्लले २ तथा हेमन्त धामीले १ विकेट लिए । जवाफमा सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ३२ रन जोडे । यस्तै, मिलन बोहराले २३ र टेक रावतले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसका लागि ललितनारायणले ७ ओभरमा १६ रन खर्चिएर ६ विकेट लिए । प्रतियोगितामा ललितको यो लगातार तेस्रो ५ विकेट हो । यसअघि ललितले एपीएफविरुद्ध ६ तथा मधेशविरुद्ध ५ विकेट लिएका थिए । सागर ढकालले २ तथा करण केसीले १ विकेट लिए ।

यस्तै, रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपीएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नटआउट रहँदै सर्वाधिक ३१, विवेक यादवले २६, सोमपाल कामीले अविजित २२ र बसिर अहमदले १३ रन बनाए ।

एपीएफका कप्तान रोहितकुमार पौडेल, कमलसिंह ऐरी र अमरसिंह राउटेलाले समान २–२ तथा किशोर महतोले १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अलआउट भयो । उसका लागि सन्दिप जोराले सर्वाधिक ६५ रन जोडे । किशोर महतो, अमरसिंह राउटेला र भुवन कार्कीले समान ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका लागि आकाश चन्दले ४, सोमपाल कामीले ३, शाहब आलमले २ र बसिर अहमदले १ विकेट लिए ।

यस्तै, सोमवार नै दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले मधेश प्रदेशमाथि ८३ रनको जित हात पारेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४६ ओभरमा अलआउट हुँदै १ सय ५८ रनको मध्यम योगफल बनायो । लुम्बिनीका आकाश त्रिपाठीले सर्वाधिक ७३ रन जोडे । कृष्ण कार्कीले ३३ र कप्तान देव खनालले १६ रन बनाए । मधेशका लागि कमल गुप्ता र विशाल पटेलले समान ३–३ तथा हरिशंकर साह, प्रदिप पासवान र रञ्जित कुमारले समान १–१ विकेट लिए ।

मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा अलआउट भयो । मधेशका लागि दीपेश दासले २३ र हरिशंकर साहले १४ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका रमेश कुर्मीले ४, विप्रशन केसीले ३ तथा देव खनाल र अजय चौहानले समान १–१ विकेट लिए ।

≪ Previous Post

बुद्ध र लुम्बिनी सम्बन्धि चलचित्र बनाउने उद्देश्यसहित चिनियाँ कलाकार लुम्बिनीमा

Next Post ≫

रुपन्देहीमा रात्रीकालीन बजार सञ्चालनको माग : चार पालिकाले बुझाए सिडिओलाई ज्ञापनपत्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क