Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुद्ध र लुम्बिनी सम्बन्धि चलचित्र बनाउने उद्देश्यसहित चिनियाँ कलाकार लुम्बिनीमा
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बुद्ध र लुम्बिनी सम्बन्धि चलचित्र बनाउने उद्देश्यसहित चिनियाँ कलाकार लुम्बिनीमा

संसारपोस्ट संवाददाता · २ चैत्र २०८१ · 0
बुद्ध र लुम्बिनी सम्बन्धि चलचित्र बनाउने उद्देश्यसहित चिनियाँ कलाकार लुम्बिनीमा
100
SHARES
ShareTweet

लुम्बिनी । बुद्ध र लुम्बिनीसँग सम्बन्धित चलचित्र बनाउने उद्देश्यले चिनियाँ कलाकारहरुको टोली लुम्बिनी आएकोछ ।
चिनिया कलाकारहरुको टोलीले बुद्ध र लुम्बिनीसँग सम्बन्धित चलचित्र बनाउने बिषयमा लुम्बिनी विकास कोषका पदाधिकारी, सदस्य एबम कर्मचारीहरुसंग भेटघाट तथा छलफल गरेको छ ।
‘म कहिल्यै नमरी जीउन चाहन्छु’ नामक चलचित्रको एकतिहाई भाग बुद्धजन्मस्थल लुम्बिनीमा सुटिङ गर्ने योजना रहेको भन्दै निर्माता तथा कलाकारहरुले आईतबार लुम्बिनी विकास कोषमा छलफल गरेका हुन् ।
त्यस अवसरमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बुद्ध र लुम्बिनीको सकारात्मक रुपमा प्रचार गर्ने गरी चलचित्र निर्माण हुने कुराले खुशी तुल्याएको बताउनुभयो । उहांले चलचित्रले चिनका नागरिकहरुमा बुद्ध र लुम्बिनीका बारेमा सकारात्मक प्रभाव पार्ने भन्दै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । लुम्बिनीमा चलचित्रको छायांँकनका लागि कानुनले दिएका बिषयमा सक्दो सहजीकरण गर्ने प्रतिबद्धता समेत उहांले जनाउनुभयो ।
छलफलमा कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले भगवान बुद्धले लुम्बिनी भ्रमण गर्दा पनि जीवनमा भएका पापहरु क्षम्य हुने भनी बौद्धशास्त्रमा लेखेको उल्लेख गर्दै बुद्धको सन्देशलाई सहि रुपमा चलचित्रले उठान गर्न सुझाव दिनुभयो । लुम्बिनीमा शाक्यमुनी बुद्ध, कपिलबस्तुमा कक्रुछन्द र कनकमणि बुद्धको जन्म भएकाले ती क्षेत्र र बृहत्तर लुम्बिनीलाई पनि समेटेर छायाँकन गर्दा अझ प्रभावकारी हुने उहांले बताउनुभयो ।
छलफलमा चलचित्रका निर्माता चाउ डिफिङले आफूहरु अहिले प्रारम्भिक जानकारी लिन मात्रै आएको बताउँदै चिनियाँ दुतावास हुँदै लुम्बिनीमा छायाँकनका लागि आउने बताउनुभयो । उहांले आफूहरुले बुद्धको जीवनको सन्देशलाई चलचित्रमा उतार्न खोजेको बताउँदै त्यसैका लागि यहाँ आएर छायांकन गर्ने योजना रहेको जानकारी गराउनुभयो । निर्माता चाउसँगै छायांकार डेङ्ग छुङमिन सहितको टिम लुम्बिनी आएको हो ।
उनीहरुले चिनबाट चलचित्र छायांँकन गरी लुम्बिनीमा सकाउने योजना रहेको चिनियाँ कलाकारहरुको टोलीका सहजकर्ता डा. सागर न्यौपानेले बताउनुभयो । चिनियाँ कलाकारहरु यहाँ आएर चलचित्र बनाउँदा लुम्बिनीको प्रवद्र्वनमा टेवा पुग्ने उहांको विश्वास छ ।

≪ Previous Post

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : एपीएफ, लुम्बिनी र कोशी प्रदेशको जित

Next Post ≫

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : नेपाल पुलिस, त्रिभुवन आर्मी र लुम्बिनीको जित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क