तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा वृत्ति मार्गनिर्देशन कार्यक्रम अन्तरगत शिक्षाको संसारबाट कामको संसार चिनाउने कार्यक्रम सम्पन्न गरिएको छ ।
इन्स्योर परियोजनासँगको सहकार्यमा सञ्चालित कार्यक्रममा विषय विज्ञहरुहरुले विद्यार्थीहरुले रोजेको वृत्तिमा रहेका सम्भावना र अवसरका वारेमा प्रकाश पारेका थिए ।
कक्षा ९ का विद्यार्थीहरुलाई १२ समूहमा विभाजन गरी सञ्चालन गरिएको कार्यक्रममा डा. समिर गौतम, इन्जिनियर इश्वरी न्यौपाने, उद्यमी राजकुमार पाण्डे, सिए योगेन्द्र बास्तोला, स्टाफ नर्स गरिमा लामिछाने, होटल म्यानेजर सुवर्ण वर्मा, अभिवक्ता सञ्जिव बस्याल र व्यवसायी प्रकाश चापागाईले विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो ।

विद्यार्थीहरुलाई कितावी ज्ञानमा मात्र सिमित नराखी उनीहरुलाई सम्बन्धित क्षेत्रको वास्तविक अनुभव हासिल होस् भनेर यस प्रकारको कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताउनुभयो ।
विद्यार्थीहरुलाई थप ज्ञान हासिल गराउनका लागि सम्बन्धित क्षेत्रको अवलोकन भ्रमण समेत गराउने कार्यक्रम रहेको वृत्ति मार्ग निर्देशन कार्यक्रमका संयोजक रजनी के.सी. ले जानकारी गराउनुुभयो ।
कार्यक्रमको सञ्चालन वृत्ति मार्गनिर्देशन शिक्षक दिनेश खड्का र शिक्षक भीम भुसालले गर्नुभएको थियो । कार्यक्रममा करिव ६ सय २५ विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
