Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट : आर्मी क्लबको लगातार चौथो जित
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट : आर्मी क्लबको लगातार चौथो जित

संसारपोस्ट संवाददाता · १ चैत्र २०८१ · 0
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट : आर्मी क्लबको लगातार चौथो जित
120
SHARES
ShareTweet

भैरहवा । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ७ विकेटले हराएको हो ।

२ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नटआउट रहँदै सर्वाधिक १ सय १२ रन जोडे । यस्तै, बसिर अहम्मदले अविजित ६१ र विनोद भण्डारीले २७ रन बनाए । कोशीका लागि प्रकाश कार्की, सन्दिप ढुगांना र भुपाल लुईंटेलले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै कोशीले ४९.३ ओभरमा २ सय ३० रन बनाएको थियो । कोशीका लागि सुभान गहतराजले सर्वाधिक ५१ रन जोडे । यस्तै, सोनु अन्सारीले ४४ र सुजन थपलियाले ४२ रन जोडे । आर्मीका लागि सोमपाल कामीले ४, शाहब आलम र आकाश चन्दले समान २–२ तथा कुशल मल्लले १ विकेट लिए । आर्मी खेलेका ४ खेलमा अपराजित रहँदै ८ अंकमा रहेको छ । खेलेका सबै चारै खेलमा पराजित कोशी अंकतालिकाको पुछारमा छ ।

यस्तै, शनिबारै दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबले आफ्नो जितको यात्रालाई निरन्तरता दियो । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले मधेश प्रदेशलाई १ सय ९३ रनले हरायो । टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रन बनाएको थियो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ६३, आरिफ शेखले ५५, अर्जुन साउदले ४७, दीलिप नाथले ४५ र शंकर रानाले २७ रन बनाए ।

मधेशका रुपेश सिंहले ४, विशाल पटेलले ३, कमल गुप्ताले २ तथा रञ्जित कुमारले १ विकेट लिए । २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा समेटियो । मधेशका लागि दिपेश दासले सर्वाधिक ३१ र रुपेश सिंहले १६ रन बनाए । पुलिसका लागि ललितनारायण राजवंशीले ९.१ ओभरमा २८ रन खर्चिएर ४ विकेट लिए । कुशल भुर्तेलले २ तथा करण केसी, सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए । जितसँगै पुलिस अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । पराजित मधेशको ३ खेलमा २ अंक छ ।

 

≪ Previous Post

तिलोत्तमा ब्यापार संघद्वारा होली मिलन तथा भित्तेपात्रो विमोचन

Next Post ≫

एनएसएल तेस्रो संस्करणको ट्रफी प्रदर्शन यात्रा : शनिबार बुटवलमा सार्वजनिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क