Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रतिगामी र प्रतिक्रियावादी शक्तिविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गर्ने प्रचण्डको चेतावनी
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

प्रतिगामी र प्रतिक्रियावादी शक्तिविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गर्ने प्रचण्डको चेतावनी

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८१ · 0
प्रतिगामी र प्रतिक्रियावादी शक्तिविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गर्ने प्रचण्डको चेतावनी
120
SHARES
ShareTweet

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतार्ने चेतावनी दिनुभएको छ ।
बुधबार बुटवलमा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गर्ने चेतावनी दिनुभएको हो ।
बर्तमान सत्ता गठबन्धन भ्रष्टाचारी र विचौलियाको पक्षमा लागेको आरोप लगाउदै पुर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले सरकारको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको मौका छोपेर इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्त्वहरूले धमिलो पानीमा माछा मार्न खोजेको टिप्पणी गर्नुभयो ।
उहांले सरकारका गलत प्रबृत्ति र प्रतिगामी तथा प्रतिक्रियावादी शक्ति दुवै हर्कतका विरुद्ध आवश्यक परे लाखौँ जनता सडकमा उतारेर खबरदारी गर्ने बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रको जननी शक्तिको हैसियतले आफ्नो पार्टीले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्ति र जनतालाई साथमा लिएर जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको भन्दै अध्यक्ष प्रचण्डले त्यसका लागि पार्टीले अपिल गर्दा काठमाडौँमा लाखौँ जनता सडकमा उत्रने दाबी गर्नुभयो ।
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेण्डामा जानु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले कसैले पनि पछाडि तर्फ फर्कने सोच राखे राम्रो नहुने चेतावनी समेत दिनुभयो ।
जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको र यसले उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरेको भन्दै अध्यक्ष प्रचण्डले अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोस्ने कुचेष्टा भइरहेको उल्लेख गर्नुभयो ।
मुलुकको राजनीति परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका रहेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले निष्क्रिय रहेका सबै जातीय क्षेत्रीय मोर्चालाई सुदृढ बनाएर जाने नीति लिएको उल्लेख गर्नुभयो ।
भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको बेलामा जातीय क्षेत्रीय मोर्चाको अझ बढी आवश्यक छ भन्ने निष्कर्ष निकालेको भन्दै उहांले निष्क्रिय रहेका मोर्चाहरूलाई समेत ब्युँताउँदै सबै जातीय क्षेत्रीय मोर्चालाई सुदृढ बनाएर जाने नीति लिएको बताउनुभयो ।
कार्यक्रममा पार्टीका महासचिव देव गुरूङ, उपमहासचिव बर्षमान पुनलगायतले समसामयिक राजनीतिका विषयमा आ आफ्नो भनाइ राख्नुभएको थियो ।

≪ Previous Post

सुनगाभा सैनामैना गोल्डकपको उपाधी कपिलवस्तु ११ लाई

Next Post ≫

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क