Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको एकदिसीय राष्ट्रिय क्रिकेटमा दोस्रो जित
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको एकदिसीय राष्ट्रिय क्रिकेटमा दोस्रो जित

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८१ · 0
त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको एकदिसीय राष्ट्रिय क्रिकेटमा दोस्रो जित
120
SHARES
ShareTweet

भैरहवा । दुई विभागी टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् । बुधबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको सहज जित हात पार्यो ।

पुलिसले भने कोशी प्रदेशलाई १ सय ५४ रनले पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा जितका लागि पाएको १ सय १८ रनको लक्ष्य आर्मीले २३ ओभर ५ बलमा २ विकेटको नोक्सानीमा १ सय १९ रन बनाउँदै भेट्टायो र जित निकाल्यो । उसको जितमा सन्तोष कार्कीले अविजित ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै, तृतराज दासले ३१ र कप्तान विनोद भण्डारीले नटआउट २० रन जोडे ।

बलिङमा सुदूरपश्चिमका शेर मल्ल र मिलन बोहराले १–१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ४५ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर जम्मा १ सय १७ रन बनाएको थियो । उसलाई सस्तैमा रोक्न प्लेयर अफ द म्याच समेत रहेका आर्मीका शाहब आलमले कसिलो बलिङ गरेर । उनले १० ओभरमा २ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । यस्तै, सोमपाल कार्कीले २ तथा आकाश चन्द, नरेन साउद, बसिर अहम्मद र कुशल मल्लले १–१ विकेट लिए । सुदूरपश्चिमका निश्चल क्षेत्रीले अविजित ४९, सुनिल चन्द र नारायण जोशीले १६–१६ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । प्रतियोगितामा सुदूरपश्चिको यो दोस्रो हार हो ।
यता रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिसले कोशीमाथि सहज जित निकाल्यो । पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको बलियो योगफल बनायो । पुलिसका लागि लगातार दोस्रो खेलमा पनि अर्धशतक बनाएका कुशल भुर्तेलले सर्वाधिक ६५ रन जोडे । उनले ७८ बलमा २ चौका र २ छक्का प्रहार गरे । यस्तै, दीलिप नाथले ६४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ६१ रन बनाए । ओपनर अर्जुन साउद र रशिद खानले समान ३८–३८, कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ तथा गुल्शन झाले २१ रन जोडे ।

कोशीका लागि भुपाल लुइटेलले ३, प्रकाश कार्कीले २ तथा श्रवण किस्कु, दीपेश कंडेल र फिर्दोश अन्सारीले समान १–१ विकेट लिए । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६ ओभर २ बलमा १ सय ३४ रन बनाउँदा अलआउट भयो । कोशीका लागि सुजन थपलियाले ३३, कप्तान अंकित सुवेदले २१, शकिब हकले १७ र फिर्दोश अन्सारीले १० रन जोडे । पुलिसका लागि करण केसीले ३, कुशल भुर्तेल र लतित नारायण राजवंशीले समान २–२ तथा सागर ढकाल, गुल्शन झा र दिपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । कुशल भुर्तेल प्लेयर अफ द म्याच भए । कोशीको यो लगातार तेस्रो हार हो ।

≪ Previous Post

तिलोत्तमाको सूर्यपुरामा सञ्चालित महायज्ञमा पैँतीस लाख बढि दान संकलन

Next Post ≫

सुनगाभा सैनामैना गोल्डकपको उपाधी कपिलवस्तु ११ लाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क