Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको सूर्यपुरामा सञ्चालित महायज्ञमा पैँतीस लाख बढि दान संकलन
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमाको सूर्यपुरामा सञ्चालित महायज्ञमा पैँतीस लाख बढि दान संकलन

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८१ · 0
तिलोत्तमाको सूर्यपुरामा सञ्चालित महायज्ञमा पैँतीस लाख बढि दान संकलन
90
SHARES
ShareTweet

तिलोत्तमा । तिलोत्तमा ८ सूर्यपुरा, रूपन्देहीमा सञ्चालित महायज्ञ अत्यन्त उत्कृष्ट बनिसकेको आयोजकले बताएका छन् । महायज्ञ सकिन २ दिन बाँकी रहँदा हालसम्म दशौं हजार भक्तजनले दर्शन गरिसकेका छन् भने दैनिक हजारौंको संख्यामा सहभागी भैरहेको मूल आयोजक समितिका सह सचिव रेशम पाण्डेले बताउनुभयो ।
यसैगरी, महायज्ञमा हालसम्म पैँतीस लाख रूपियाँ भन्दा माथि नगद मात्रै संकलन भएको आर्थिक समितिका संयोजक हिरालाल खनालले जानकारी दिनुभयो । जिन्सी सामाग्री दान र पर्वतको आकार बनिसकेको चामलको भने महायज्ञ समापन पछि हिसाब हुने आयोजकले बताएका छन् ।
महायज्ञ अन्तर्गत आज (बिहीबार) पूर्णिमाका दिन चौरासी पूजाका र लाख बत्ती बाल्ने कार्यक्रम भएको हुँदा अझ धेरै भक्तजनको उपस्थिति रहने भन्दै आयोजकले थप विशेष तयारी गरेका छन् ।
हरेक दिन विहानको सत्रमा योगाभ्यास, दिउँसोमा देव लीलामय सांगितिक कथा प्रवचन र साँझको श्रृंगारिक महाआरती समेत समाविष्ट भएकोले महायज्ञमा विशेष आकर्षण थपिएको छ ।
महायज्ञका प्रमुखवाचक आचार्य चैतन्य कृष्ण प्रभुले पृथ्वीका समग्र प्राकृतिक अवयव सहित ब्रह्माण्डीय सन्तुलनका लागि वैदिक सनातन धर्मको महत्व रहेको उल्लेख गर्नुभयो । त्यस्ता दिव्यज्ञानको प्रसारका लागि महायज्ञले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

≪ Previous Post

पूर्व प्रधानमन्त्री प्रचण्ड रुपन्देहीमा, यस्तो छ दिनभरको कार्यतालिका

Next Post ≫

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको एकदिसीय राष्ट्रिय क्रिकेटमा दोस्रो जित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क