Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट : बर्दिया र रुपन्देहीलाई सफलता
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट : बर्दिया र रुपन्देहीलाई सफलता

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०८१ · 0
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट : बर्दिया र रुपन्देहीलाई सफलता
100
SHARES
ShareTweet

भैरहवा । बर्दिया र रुपन्देहीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा जित निकालेका छन् । बुधबार भएका दुई खेलमा बर्दियाले बाँकेलाई ४ विकेटले हराउँदा रुपन्देहीले कपिलवस्तुमाथि १ सय ५६ रनको सहज जित निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बाँकेले निर्धारित ५० ओभरमा ३८ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७६ रन बनायो । उसका लागि सलाउद्दिन खानले ५२, आकाश विष्टले २९, सादब अन्सारीले २६ र सिद्धान्तराज शाहीले २२ रन बनाए । बलिङमा बर्दियाका सौगात खत्रीले ५, सनम बुढा र अनुल कँडेलले २–२ तथा ट्राभिस जैशीले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बर्दियाले ४७ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ७७ रन बनाउँदै जित निकाल्यो । उसको जितमा केशब विष्टले ६४, आकाश खत्रीले ३६, अशिम गिरीले ३३, नविन बुढाथोकीले १३ र अर्पण पौडेलले १० रनको योगदान गरे । बलिङमा बाँकेका विजय चौधरीले ५ र सलाउद्दिन खानले १ विकेट लिए । खेलमा सौगात खत्री प्लेयर अफ द म्याच भए ।
यस्तै, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाएर २ सय २० रन बनायो । उसका लागि प्रज्वल थापाले ६९, मिर्नाल गुरुङले ३५, एजाजुल हकले ३४ र कृष्ण कार्कीले अविजित ३१ रनको योगदान गरे । बलिङमा कपिलवस्तुका मोहम्मद हुसेन गद्दी र शिव कुँवरले ३–३ तथा प्रयासदेव गैरेले २ विकेट लिए ।
प्रतिउत्तरमा कपिलवस्तुले ३० ओभर १ बलमा ९ विकेट गुमाएर ६४ रन बनायो । उसले अन्तिम विकेट खेलेन । उसका लागि मोहम्मद हुसेन गद्दीले २१ र रामजन अली धुनियाँले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा रुपन्देहीका अजयकुमार चौहान र विप्रसन केसीले ३–३, कृष्ण कार्कीले २ तथा रमेश कुर्मीले १ विकेट लिए । खेलमा प्रज्वल थापा प्लेयर अफ द म्याच भए ।
यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोटका लागि जिल्ला स्तरको छनोट खेल सुरु भएको हो । रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, पाल्पा, दाङ, बाँके र बर्दिया गरी ७ जिल्लाका टिम सहभागी छनोट खेलबाट प्रत्येक जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टिम बनाइने प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले जानकारी दिनुभयो ।

≪ Previous Post

बुटवलमा जारी मेयर कप छात्र-छात्रा फुटबल : बुधबार ५ खेल सम्पन्न

Next Post ≫

 गाईबस्तु व्यवस्थापनका लागि प्रदेश सरकारले गौशाला सम्बन्धी ऐन निर्माण गर्छ : मुख्यमन्त्री आचार्य

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क