Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा जारी मेयर कप छात्र-छात्रा फुटबल : बुधबार ५ खेल सम्पन्न
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा जारी मेयर कप छात्र-छात्रा फुटबल : बुधबार ५ खेल सम्पन्न

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०८१ · 0
बुटवलमा जारी मेयर कप छात्र-छात्रा फुटबल : बुधबार ५ खेल सम्पन्न
110
SHARES
ShareTweet

बुटवल । बुटवलमा जारी दोस्रो मेयर कप अन्तर विद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन बुधबार पाँच खेल सम्पन्न भएका छन् । बुटवलको तामनगरस्थित चारपाला खेल मैदानमा जारी छात्रहरुको प्रतियोगितामा बुधबार नविन औद्योगिक कदरबहादुर रिता मावि विजयी भएको छ ।

नविनले नवरत्न माविलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यसैगरी सरस्वती मावि र त्रिभुवन युनाइटेड स्कूल बीचको अर्को खेलमा सरस्वती मावि ३–० ले विजयी भएको नगर खेलकुद विकास समितिका सदस्य शेरजङ गुरूङले जानकारी दिनुभयो ।

यसैगरी बुटवलको जवई खेलमैदानमा जारी छात्रहरुको खेलमा नयाँगाउँ मावि विजयी भएको छ । सरस्वती आधारभूत विद्यालयलाई नयाँगाउँ माविले ३–० गोल अन्तरले पराजित गरेको हो । अर्को खेलमा मोतिपुर मावि विजयी भएको छ । उसले ज्ञानोदय माविलाई ४–० गोल अन्तरले पराजित गरेको हो । त्यस्तै जवई खेलमैदानमै भएको अर्को खेलमा न्यू होराइजन माविले प्रगती माविलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

प्रतियोगिता अन्तर्गत बिहीबार चारपाला खेल मैदानमा नविन औद्योगिक मावि र सरस्वती मावि तथा कान्ति मावि र स्कलर्स होमबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका खेल कमिसार हरिप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै जवई खेलमैदानमा छात्र तर्फ नयाँगाउँ मावि र न्यू होराइजन तथा मोतिपुर मावि र अक्सफोर्ड मावि बीच प्रतिस्पर्धा हुने छ । सोही मैदानमा छात्रा तर्फ न्यू होराइजन मावि र अक्सफोर्ड मावि तथा कान्ति मावि र गार्गी माविबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको छात्रतर्फको उपाधि विजेतालाई नगद १ लाख रुपैयाँ तथा उपविजेता टिमलाई नगद ६० हजार रुपैयाँ, कप, मेडल र प्रमाण–पत्रबाट पुरस्कृत गरिने नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पियाले बताउनुभयो । यसैगरि छात्रातर्फ उपाधि विजेतालाई नगद ५० हजार रुपैयाँ तथा उपविजेता टिमलाई ३० हजार रुपैयाँ, कप, मेडल र प्रमाण–पत्रबाट पुरस्कृत गरिने उहांले बताउनुभयो ।

यसैगरि प्रतियोगितामा विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ । प्रतियोगितामा छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालयहरुले भाग लिएका छन् । सात दिनसम्म संचालन हुने प्रतियोगितामा १८ लाख खर्च हुने अनुमान रहेको छ । पहिलो संस्करणमा अक्सफोर्ड मावि बुटवल प्रतियोगिताको विजेता रहेको थियो ।

≪ Previous Post

मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता : दोस्रो दिन आज सात खेल सम्पन्न

Next Post ≫

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट : बर्दिया र रुपन्देहीलाई सफलता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क