Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राष्ट्रिय परोपकार महासंघको महायज्ञ सेमलारमा सुरू, परोपकार कुञ्जधाम निर्माण गरिने
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

राष्ट्रिय परोपकार महासंघको महायज्ञ सेमलारमा सुरू, परोपकार कुञ्जधाम निर्माण गरिने

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०८१ · 0
राष्ट्रिय परोपकार महासंघको महायज्ञ सेमलारमा सुरू, परोपकार कुञ्जधाम निर्माण गरिने
100
SHARES
ShareTweet

बुटवल । राष्ट्रिय परोपकार महासंघले आइबारदेखि बुटवल –१५, सेमलार भाटा प्रगति टोलमा श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ २०८१ शुरु गरेको छ । राष्ट्रिय परोपकार महासंघ नेपालले रूपन्देही जिल्ला कार्यसमितिको तत्वावधानमा परोपकार कुञ्जधाम निर्माण गर्ने उद्देश्यले आयोजित महायज्ञ फाल्गुन ०४ गते देखि ११ गतेसम्म सञ्चालन हुने यज्ञ मूल आयोजक समितिका संयोजक हरिध्वज मल्लले जानकारी दिनुभयो ।
महायज्ञ समुद्घाटनकै दिन आइतबार ओमसतिया गाउँपालिका रूपन्देही निवासी रूद्रप्रसाद घिमिरेले १ लाख १५ हजार ५ सय ५५ रूपैयाँ परोपकार कुञ्ज धाम निर्माणका लागि दान गर्नुभएको छ ।
यस्तै तिनाउ गाउँपालिका प्रदिपनगर निवासी चिन्तामणी चालिसेले १५ हजार ५ सय ५५ रूपैयाँ, तिनाउ गाउँपालिकाका ढालानन्द चालिसेले १५ हजार ५ सय ५५, तिनाउ गाउँपालिकाकै क्या. होम कुमार के.सीले ५५ हजार ५ सय ५५ रूपैयाँ र बुटवल उपमहानगरपालिकाका हरिध्वज मल्लले ५५ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएको हो ।
यस्तै बुटवल उपमहानगरपालिका – १२ का डिलबहादुर कार्कीले ५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका – १२ नयाँ गाउँ निवासी इश्वरा अर्याल भुसालले २ हजार ५ सय ५ रूपैयाँ र बुटवल उपमहानगरपालिका – १४ स्थित मिलिजुली आमा समूहबाट परोपकार कुञ्ज धाम निर्माणका लागि ५ हजार ५ सय ५५ रूपैयाँ दान प्राप्त भएको छ ।
यस्तै बुटवल उपमहानगरपालिका– १५ नम्बर वडा कार्यालयले परोपकार कुञ्ज धाम निर्माणका लागि १० लाख ५१ हजार ५ सय ५५ रूपैयाँ दिने घोषणा गरेको छ ।
यस्तै सिद्धार्थनगर नगरपालिका–८ रुपन्देही स्थित कमलापति गंगादेवी पन्थ स्मृति प्रतिष्ठानले १ लाख ११ हजार १ सय ११, ओमसतिया गाउँपालिका–१ रुपन्देही निवासी कर्णध्वज मल्लले १ लाख ११ हजार १ सय ११ रूपैयाँ, ओमसतिया गाउँपालिका–२ निवासी रुद्रप्रसाद शर्मा घिमिरेले १ लाख १५ हजार ५ सय १५ रूपैयाँ, ओमसतिया गाउँपालिका–२ रुपन्देही निवासी लालबहादुर श्रेष्ठ÷नन्दकुमारी श्रेष्ठले १ लाख ११ हजार १ सय ११ रूपैयाँ, बुटवल उपमहानगरपालिका–१३, निवासी सुन्दर भुसालले १ लाख ११ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएको छ । त्यस्तै पोखरा कास्की स्थित राष्ट्रिय परोपकार महासंघले ८८ हजार ५ सय ४५ रूपैयाँ प्रदान गरेको छ ।
यस्तै बुटवल उपमहानगरपालिका–१५ निवासी अम्बरबहादुर खत्री÷इन्द्रकुमारी खत्रीले ६६ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका–१५ निवासी भिमबहादुर पौडेल क्षेत्रीले ५५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल–१२ निवासी गोबिन्दप्रसाद शर्मा पौडेलले ५१ हजार १ सय ११ रूपैयाँ, बुटवल –१५ निवासी अम्बरबहादुर खत्रीले ५५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल–१५,निवासी नन्दलाल बराल क्षेत्रीले ५५ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएको छ ।
तिलोत्तमा नगरपालिका–११ निवासी क्याप्टेन होमकुमार के.सीले ५५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका–१५, निवासी मकरध्वज मल्लले ५५ हजार ५ सय ५५ रूपैयाँ, ओमसतिया गाउँपालिका–२ स्थित राष्ट्रिय परोपकार महासंघ नेपालले ५५ हजार ५ सय ५५ रूपैयाँ र शुद्धोधन गाउँपालिका–४ निवासी रामेश्वरी सिंह÷जीवनराज सिंहले १५ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएको छ ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका–८ स्थित दीप ज्योति महिला सचेतना समूहले ५१ हजार रूपैयाँ, बुटवल उपमहानगरपालिका–१२ निवासी हरिप्रसाद पोख्रेलले ३० हजार ५५ रूपैयाँ, बुटवल–३ निवासी दिनेश खातीले २७ हजार २ सय ६५ रूपैयाँ, बुटवल–१५ स्थित प्रगतिशिल आमा समूहले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल–१५ निवासी भगवती शर्मा (मरासीनी)÷तिलकराम शर्मा (मरासिनी)ले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल–१५ स्थित भू.पू. सैनिक कल्याणकारी संगठनले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल –१५, निवासी कमला पौडेलले २१ हजार ५५ रूपैयाँ, मदाने गाउँपालिका–५ गुल्मी निवासी घनश्याम भट्टराईले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल–१२ निवासी लाल खरेलले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल निवासी लिलावती चापागाईले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका–१५, निवासी देवीप्रसाद शर्मा चपाईले २५ हजार ५ सय ७५ रूपैयाँ, पोखरा महानगरपालिका–१७ कास्की निवासी गिता लामिछाने २१ हजार १ सय ५ रूपैयाँ, बुटवल–१५ निवासी भरत पौडेल÷कृष्णप्रसाद पौडेलले २५ हजार ५ सय ५५ रूपैयाँ र सिद्धार्थ नगरपालिका–८ निवासी भिमराज अधिकारीले २१ हजार १ सय ५५ रूपैयाँ दान गर्नुभएको छ ।
यस्तै महायज्ञमा बुटवल–१५ स्थित भाटाप्रगति टोल विकास संस्थाले ३५ हजार रूपैयाँ, ओमसतिया गाउँपालिका–२ निवासी सुर्यबहादुर थापाले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल–७ निवासी बाबुराम तिवारी÷ शुशिला भण्डारीले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल –१५ निवासी प्रेमप्रसाद पौडेलले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल–१५ निवासी नारायणप्रसाद पौडेलले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल–११ निवासी अनिल घिमिरेले २६ हाजार ५ सय ५५ रूपैयाँ, ओमसतिया गाउँपालिका–२ निवासी घनश्याम गिरीले १८ हजार, शुद्धोधन गाउँपालिका–३ निवासी यमुना गौडेलले १५ हजार ५ सय ५५ रूपैयाँ, मुक्तिधाम टोल विकास संस्थाले १५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल–१५ स्थित मुक्तिधाम आमा समूहले १५ हजार ५ सय ५५ रूपैयाँ, ओमसतिया गाउँपालिका–२ स्थित सचेतन आमा समूह परिवारले १५ हजार ५ सय ५५ रूपैयाँ, र बुटवल–८ निवासी अर्चना शर्मा भण्डारीले ११ हजार ६ सय ६६ रूपैयाँ दान गर्नुभएको छ ।
बुटवल उपमहानगरपालिका–१५ निवासी तुल्सा ज्ञवालीले १५ हजार ५ रूपैयाँ, बुटवल–१२ निवासी खगनाथ लम्सालले १५, हजार ५ सय ५५ रूपैयाँ, बुटवल–१५ निवासी पवि छन्त्यालले १५ हजार ५ सय ५५ रूपैयाँ, ओमसतिया गाउँपालिका–०२, निवासी बुद्धिबहादुर जि.टी.ले १५ हजार ५ सय ५५ रूपैयाँ, भाटा प्रगतिशिल नारी समूहले १५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल–१५ निवासी पदमबहादुर भण्डारी मगरले १५ हजार ५ सय ५५ रूपैयाँ, शुद्धोधन गाउँपालिका–३ निवासी कुलानन्द अधिकरीले ११ हजार १ सय ११ रूपैयाँ, काठमाडौँ महानगरपालिका–६ काठमाडौँ निवासी ऋषिराम शर्माले १० हजार १ सय रूपैयाँ परोपकार कुञ्ज धाम निर्माणका लागि दान सहयोग गर्नुभएको छ ।


बुटवल–१५ सेमलार भाटाप्रगति टोल स्थित दानव नदीको तटमा पर्ने स्थानको करिब ४ बिगाहा क्षेत्रफलमा परोपकार कुञ्ज धाम बन्ने भएको छ ।
निर्माणका लागि स्थानीय र सरकारसँग लामो समयको प्रयासपछि जग्गा प्राप्तिमा सहमति जुटेपछि धाम निर्माणको अभियान सुरू भएको हो । परोपकार कुञ्ज धामलाई अध्ययनको केन्द्र समेत बनाउँदै युवापुस्तालाई धार्मिक जागरणमा जोडेर संस्कार प्रदान गर्नको लागि परोपकार कुञ्ज धामको स्थापनार्थ महायज्ञ आयोजना गरिएको महासंघले जनाएको छ ।
महायज्ञमा लक्ष्यवर्ती दीप प्रज्जवलन फागुन १० गते शनिबार हुने तथा पूजा एवम् पाठ पारायण प्रत्येक दिन बिहान ७ बजेदेखि, कथा प्रवचन बिहान ११ बजेदेखि ४ बजेसम्म, आरती प्रत्येक दिन बेलुका ४ बजे संचालन भैरहेको छ ।
महायज्ञको आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै मन्त्री पाण्डेले सनातन धर्म संस्कृतिको जगेर्ना मानव सभ्यतासँग जोडिएको बताउनुभयो ।
महायज्ञ उद्घाटन समारोहमा राष्ट्रिय परोपकार महासंघ नेपालका परिकल्पनाकार, संस्थापक भागवत भास्कर कमल नयन गौतम, मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारी, वास्तुविद् वरिष्ठ ज्योतिष वासुदेव कृष्ण शास्त्री, बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डे, नगर प्रवक्ता तथा वडा न १५ का अध्यक्ष शिव राना, महायज्ञका अध्यक्ष हरिध्वज मल्ल, तुल्सीराम भण्डारी, धर्मराज शर्मा, मिना जिसी लगायतले धर्म संस्कृति र महयज्ञको विषयमा धारणा राख्नुभएको थियो ।


महायज्ञ उद्घाटन पूर्व शोभा कलश यात्रा बुटवल–१५ मुक्तिधाम हरिहर मन्दिरदेखि सुरू भएको थियो भने हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गराइएको थियो । शोभा कलश यात्रामा ९४ टोलीको सहभागिता रहेको थियो ।

≪ Previous Post

राममणि बहुमुखी क्याम्पसमा ४४ जनाले गरे रक्तदान

Next Post ≫

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः दाङद्वारा बर्दिया पराजित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क