Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रधानमन्त्री कप क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट खेल सुरु, रुपन्देही र नवलपरासीको जित
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रधानमन्त्री कप क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट खेल सुरु, रुपन्देही र नवलपरासीको जित

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०८१ · 0
प्रधानमन्त्री कप क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट खेल सुरु, रुपन्देही र नवलपरासीको जित
130
SHARES
ShareTweet

भैरहवा । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेल सुरु भएको छ । आइतबारदेखि रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा छनोट खेल सुरु भएको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा भएको छनोट खेलमा रुपन्देहीको टिमले पाल्पा जिल्लाको टिमलाई १० विकेटले पराजित गर्दै जित निकालेको छ । जितका लागि पाएको ७४ रनको झिनो लक्ष्य रुपन्देहीले १३ ओभरमा ७७ रन बनाउँदै सहजै जित निकाल्यो । उसको जितमा मनिष थापाले अविजित ३८ र मिर्नाल गुरुङले नटआउट ३५ रनको योगदान गरे ।

यसअघि टस जितेर ब्याटिङ गरेको पाल्पाले निर्धारित ५० ओभरको खेलमा २३ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ७३ रन बनाएको थियो । उसलाई सस्तैमा रोक्न बलिङमा रुपन्देहीका सन्देश थापाले ६ ओभर ४ बलमा ३ मेर्डनसहित १७ रन खर्चेर ५ विकेट लिए । यस्तै, विप्रसन केसीले ३ तथा कृष्ण कार्की र रमेश कुर्मीले १–१ विकेट लिए । पाल्पाका नरबहादुर सार्कीले ४० र नविन भण्डारीले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले हार व्यहोर्यो । खेलमा रुपन्देहीका सन्देश थापा प्लेयर अफ द म्याच भए ।

यस्तै, रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा पश्चिम नवलपरासीले कपिलवस्तुको टिमलाई ३० रनले पराजित गर्दै जित हात पारेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीको टिमले निर्धारित ५० ओभरमा ४६ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७१ रन बनायो । उसका लागि सम्राट भुसालले ४२, रन्जितकुमार खड्काले ३५, इकलाख वारिसले १९ र ओमकार यादवले १६ रनको योगदान दिए । बलिङमा कपिलवस्तुका राज अग्रहरीले ३, मोहम्मद हुसेन गद्दी, प्रयासदेव गैरे र शिव कुँवरले समान २–२ तथा महेश भरले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको कपिलवस्तु ४७ ओभरमा १ सय ४१ रन बनाउँदा अलआउट भयो र हार व्यहोर्यो । उसका लागि शिवकुमार मौर्यले २०, प्रतिक भट्टराई र रौनक श्रीवास्तवले समान १७–१७, रामजन अली धुनिया र शिव कुंवरले १४–१४ तथा राज अग्रहरीले १० रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा नवलपरासीका राजेन्द्रबहादुर बम, ओमकार यादव र शिशिर थापाले समान ३–३ तथा इकलाख अहमदले १ विकेट लिए । खेलमा राजेन्द्रबहादुर बम प्लेयर अफ द म्याच घोषित भए ।

यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंँगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोटका लागि जिल्ला स्तरको छनोट खेल सुरु भएको हो । रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, पाल्पा, दाङ, बाँके र बर्दिया गरी ७ जिल्लाका टिम सहभागि छनोट खेलबाट प्रत्येक जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टिम बनाइने प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले जानकारी दिनुभयो ।

≪ Previous Post

नदिजन्य पदार्थ चोरीमा संलग्न ३ सवारी साधन प्रहरी नियन्त्रणमा

Next Post ≫

मेयर आवास अन्तरगत घरबार विहीनलाई घर बनाउदै सिद्धार्थनगर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क