भैरहवा । रुपन्देही प्रहरीले बालुवा चोरी निकासी गरी ओसारपसार गरिरहेको अवस्थामा ३ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मातहतको अस्थायी प्रहरी पोष्ट रमवापुरबाट आज ड्युटीमा खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं. ५ लुकठहवाबाट ती सवारी साधन नियन्त्रणमा लिएको हो । प्रहरीले लु २ त ५७२९नम्बर, लु ४ त ३३३३ नम्बर र लु ४ त ३८५४ नम्बरको ट्याक्टरलाई बालुवा चोरी निकासी गरी ओसारपसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जनाएको छ ।
नियन्त्रणमा लिईएका सवारी साधनलाई आवश्यक कारवाहीको लागि मायादेवी गाउँपालिकाको कार्यालयमा पठाइएकोमा पालिकाले कारवाही स्वरुप रु. ९२ हजार ४४० जरिवाना लिएको प्रहरीले जनाएको छ ।