Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलले मनायो ६६ औं स्थापना दिवस, बुटवल आर्थिक तथा ब्यापारिक केन्द्र मात्रै नभएर राजनीतिक दृष्टिकोणले महत्त्वपूर्ण शहर : उपप्रधानमन्त्री सिंह
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलले मनायो ६६ औं स्थापना दिवस, बुटवल आर्थिक तथा ब्यापारिक केन्द्र मात्रै नभएर राजनीतिक दृष्टिकोणले महत्त्वपूर्ण शहर : उपप्रधानमन्त्री सिंह

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०८१ · 0
बुटवलले मनायो ६६ औं स्थापना दिवस, बुटवल आर्थिक तथा ब्यापारिक केन्द्र मात्रै नभएर राजनीतिक दृष्टिकोणले महत्त्वपूर्ण शहर : उपप्रधानमन्त्री सिंह
200
SHARES
ShareTweet

बुटवल । बुटवल उपमहागनरपालिकाले ६६ औं स्थापना दिवस विशेष समारोहको आयोजना गरी मनाएको छ ।

शनिबार विभिन्न जातजाती, भाषाभाषी, धर्म, संस्कृतिका झाँकीसहित उपमहानगरपालिकाले नगरपालिका परिषरमा मुल समारोहको आयोजना गरेर स्थापना दिवस मनाएको हो ।

बटौली बजारलाई वि.सं. २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ ।

स्थापना दिवसको अवसरमा आयोजित मूल समारोहको उद्घाटन गर्दै नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवल आर्थिक तथा ब्यापारिक केन्द्र मात्रै नभएर राजनीतिक दृष्टिकोणले पनि महत्त्वपूर्ण शहरको रूपमा स्थापित भएको बताउनुभयो । बुटवललाई लुम्बिनीसँग जोडेर पर्यटकीय विकास गर्न सकिने भन्दै उहांले यसबाट पर्याप्त लाभ लिन सरोकारवालाहरूलाई आग्रह समेत गर्नुभयो ।

राजनीतिक स्थायित्वबिना मुलुकको विकास र समृद्धि सम्भव नभएको भन्दै उपप्रधानमन्त्री सिंहले संघीयताको कार्यान्वयन गर्दै राजनीतिक स्थायित्व र समृद्धिका लागि बर्तमान गठवन्धन बनेको उल्लेख गर्नुभयो । छिटोछिटो सरकार परिवर्तन हुँदा मुलुकको विकासमा कठिनाइ उत्पन्न हुँदा जनतामा निराशा छाएको बताउदै उहांले जनतामा छाएको निराशालाई चिर्दै जनचाहना अनुसार विकास र समृद्धिका लागि दुई ठूला दल मिलेर सरकार बनाउनुपरेको दाबी गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले क्राइटेरिया पुगेमा बुटवल उपमहानगरबाट महानगरपालिका बन्ने बताउनुभयो । बुटवल पहिलेबाटै आर्थिक गतिविधिको केन्द्रका रूपका रहेको भन्दै उहांले धार्मिक पर्यटनका लागि पनि प्रचुर सम्भावना रहेको बताउनुभयो । आर्थिक गतिविधि मात्र होइन बुद्ध जन्मस्थल लुम्बिनी देखि मुक्तिनाथसम्म जोडेर धार्मिक सर्किट बनाउन सकिने उपप्रधानमन्त्री सिंहको तर्क थियो ।

लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले मिशन ८४ होइन मिशन २०२५ मा लाग्नुपर्ने बताउनुभयो । जनतामा निरासा छाउनुको कारण मध्ये संविधानको पुर्ण कार्यान्वयन नहुनु मुख्य कारण रहेको बताउँदै उहांले संघीयता कार्यान्वयन गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजानुपर्नेमा जोड दिनुभयो ।
सत्तामा हुँदा एउटा कुरा र सत्ताबाट हटेपछि अर्को कुरा गर्ने प्रबृत्ति अन्त्य गर्न जरुरी रहेको भन्दै उहांले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकतावद्व भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेखगर्नुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भौतिक पुर्वाधारको विकाससँगै मानविय संसाधनको विकासलाई बुटवलले प्राथमिकता दिएको बताउनुभयो । उपमहानगरपालिकाले भौतिक पुर्वाधारको विकासमा ५१ प्रतिशत र मानवसंसाधनको विकासमा ४९ प्रतिशत बजेट बिनियोजन गर्दै आएको जानकारी गराउंदै उहांले भौतिक पुर्वाधारको विकाससँगै मानवीय संसाधनको विकासमा सीप, रोजगार, शिक्षा, स्वास्थ्य लगायत सामाजिक दायित्वलाई जोड दिएको बताउनुभयो । आफु बुटवललाई सबै जात जाती, भाषा भाषि, धर्म समुदायको साझा बुटवल बनाउने अभियानमा लागेको उहांको भनाइ छ । बर्दघाटदेखि चन्द्रौटासम्मको क्षेत्र देशकै प्रमुख आर्थिक केन्द्रको रूपमा स्थापित हुने र त्यसको नेतृत्व बुटवलले गर्ने मेयर पाण्डेयले बताउनुभयो । कक्षा कोठा अभावमा बार्षिक दश हजार विद्यार्थीलाई भर्ना गर्न नसकेर फिर्ता पठाउनु परेको गुनासो गर्दै मेयर पाण्डेयले संघीय र प्रदेश सरकारले विद्यालयको भौतिक संरचना निर्माणको लागि सहयोग गरे बार्षिक हजारौं विद्यार्थीलाई पठनपाठन गराउन सकिने बताउनुभयो । बुटवलमा हाल ९३ हजार विद्यार्थी अध्ययनरत रहेको भन्दै नगर प्रमुख पाण्डेयले विद्यालयका भौतिक संरचना निर्माणमा सहयोग गर्न संघीय सरकार र प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाले बुटवलले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको विकास सबै स्थानीय तहको लागि उदाहरणीय रहेको बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका पुर्व मेयर शिवराज सुवेदी, बुटवलका पुर्व उपमेयर रामेश्वरप्रसाद श्रेष्ठ, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल,बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेस पाण्डेलगायतले आ आफ्नो भनाइ राख्नुभएको थियो ।

स्थापना दिवसको अवसरमा नगर भित्रका ज्येष्ठ नागरिक, शिक्षक, समाजसेवी, पत्रकार, टोल विकास संस्था, उत्कृष्ट करदाता, राजनीतिक दलका नेताहरू लगायतलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

≪ Previous Post

वी.पी.कोइराला अध्ययन प्रतिष्ठान बुटवलद्वारा वक्तृत्वकला प्रतियोगिता, मणिमुकुन्दकी सृष्टि कँडेल प्रथम

Next Post ≫

नदिजन्य पदार्थ चोरीमा संलग्न ३ सवारी साधन प्रहरी नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क