Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रूपन्देही सुपरलिग : खुकुरी ९७ रनले विजयी
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रूपन्देही सुपरलिग : खुकुरी ९७ रनले विजयी

संसारपोस्ट संवाददाता · ८ माघ २०८१ · 0
रूपन्देही सुपरलिग : खुकुरी ९७ रनले विजयी
70
SHARES
ShareTweet

भैरहवा । मेलवर्न क्रिकेट क्लब (एमसीसी)लाई हराउँदै भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा लुम्बिनी खुकुरी क्लबले जित निकालेको छ । खुकुरीले एमसीसीलाई ९७ रनले पराजित गर्दै जित निकालेको हो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ४१ ओभरको खेलमा ६ विकेट गुमाएर २ सय ३२ रनको बलियो योगफल बनायो । उसका लागि साहब आलमले अविजित ७२ रनको अर्धशतकीय पारी खेले । यस्तै, कसेजाद आलमले ४८, जमिर अलीले ३६, निश्चल चौधरीले २०, शंकर रानाले १५ र प्रज्वल थापाले १२ रनको योगदान गरे । बलिङमा एमसीसीका अब्दुल हबिब र विपिन आचार्यले २–२ तथा रमेश कुर्मी र अरुण पाठकले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको एमसीसी ३३ ओभर १ बलमा अलआउट हुँदै १ सय ३५ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि विपिन आचार्यले ४१, विजय प्रजापतीले २९, रमेश कुर्मीले २३ र सन्दीप रजालीले १८ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा खुकुरीका साहब आलम, सन्देश जिसी र अजयकुमार चौहानले ३–३ तथा दुर्गेश गुप्ताले १ विकेट लिए । खेलमा साहब आलम प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिनुभयो ।

≪ Previous Post

शान्ति मा.बि.मा शिक्षा विधेयकका सम्बन्धमा सुझाव संकलन

Next Post ≫

बुटवलमा उद्योगी व्यवसायीलाई उर्जा दक्षता अभिमुखिकरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क