Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल–गोरुसिंगे सडक निर्माणमा पूर्वगृहमन्त्री खाँणको चासो : समयमै सम्पन्न गर्नेगरी काम गर्न आग्रह
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल–गोरुसिंगे सडक निर्माणमा पूर्वगृहमन्त्री खाँणको चासो : समयमै सम्पन्न गर्नेगरी काम गर्न आग्रह

संसारपोस्ट संवाददाता · ४ माघ २०८१ · 0
बुटवल–गोरुसिंगे सडक निर्माणमा पूर्वगृहमन्त्री खाँणको चासो : समयमै सम्पन्न गर्नेगरी काम गर्न आग्रह
130
SHARES
ShareTweet

बुटवल । पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बुटवल–गोरुसिंगे सडक निर्माण प्रकृयामा चासो व्यक्त गर्नुभएको छ । उहाँले बुटवल–नारायणगढ सडक निर्माणमा भएको सुस्तताले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक वातावरणमा समेत खलल पुर्याएको भन्दै त्यसले दिएको शिक्षालाई ग्रहण गरेर बुटवल–गोरुसिङ्गे सडक समयमै निर्माण सम्पन्न गर्न र निर्माणको अवधिमा पनि सर्वसाधारणलाई समेत समस्या नहुने प्रकया अवलम्वन गर्न आग्रह गर्नुभयो ।
पूर्वगृहमन्त्री खाँणले शुक्रबार बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका अधिकारीहरुलाई भेटेर सडक पूर्वाधार निर्माणमा हुने गतिरोधले अर्थतन्त्रलाई पनि प्रभाव पार्ने र स्थानीयलाई पनि समस्या हुने भएकाले समयमै सम्पन्न गर्नेगरी काम अगाडि बढाउन आग्रह गर्नुभएको हो ।
‘११४ किलोमिटर लामो बुटवल–नारायणगढ सडक निर्माणको काम लामो समयमा पनि सम्पन्न हुन सकिरहेको छैन, यसले नकारात्मक प्रभाव पारेको छ, डेढ–दुई घण्टाको बाटोको यात्रा ५/६ घण्टाको बन्दा सवारीमा फ्युल पनि बढी लाग्ने, समय बढी लाग्ने र बाटोको अवस्थाले सवारी साधन समेत विग्रिने हुँदा मर्मत सम्भारले पनि यो सडकको यात्रा लामोसमयदेखि कष्टकर र बढी महंगो पनि पर्न गयो भन्नेछ ।’ उहाँले भन्नुभयो–‘बुटवल–गोरुसिंगे सडक निर्माणमा यो समस्या नआउने गरी र समयमै कार्यसम्पन्न गर्नेगरी होस भन्ने हाम्रो चाहना छ ।’
सडक विस्तारमा कति रुख कटान गर्नुपर्छ, ढुंगा गिटि कहाँबाट ल्याउने, सबैकुराको पहिलै यकिन गरेर काम सुरु गर्न आग्रह गर्दै उहाँले यातायात आवागमनमा समेत वाधा नपर्नेगरी पार्टपार्टमा काम गर्न पनि आग्रह गर्नुभयो ।
त्यसैगरी लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले पनि सबै बाटो एकै पटक नभत्काई पार्टपार्टमा काम गर्न आग्रह गर्नुभयो । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सबै सडक एकै पटक भत्काउँदा सवारी आवागमनमा समस्या हुने भएकाले सवारी आवागमनका लागि वैकल्पिक मार्गहरुको पहिचान गरेर सोही अनुसार काम गर्न आग्रह गर्नुभयो ।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका लेखा अधिकृत तथा सूचना अधिकारी राजेन्द्रप्रसाद आचार्यले २०८१ कात्तिक ४ देखि तीन वर्षमा सम्पन्न गर्नेगरी गत असारमा निर्माण व्यवसायीसंग सम्झौता भएको र सडक क्षेत्रमा पर्ने रुख कटानका लागि कटान आदेश अन्तिम चरणमा रहेको जानकारी गराउनु भयो । उहाँले सवारी अवागमनमा असर नपर्नेगरी पहिले सडकको क्षेत्राधिकार क्लियर गर्ने र कुल ५० किलोमिटर मध्ये २५/२५ किलोमिटर दुई भागमा विभाजन गरी काम हुने जानकारी गराउनु भयो । उहाँका अनुसार यो सडक विस्तारको काम अव छिटै सुरु हुनेछ ।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका ईञ्जिनियर जिगेशप्रसाद चौधरीका अनुसार आयोजनाको कुल लम्बाई ५० किलोमिटर रहेको छ । जसमा शहरी क्षेत्रमा फूटपाथ तथा नाली सहित ५० मिटर, ग्रामिण क्षेत्रमा ३७ मिटर र बन क्षेत्रमा २४ मिटर चौडाई सडक निर्माण गरिने छ । उहाँले प्राप्त भएका सुझावलाई ग्रहण गरी सवारी आवागमनमा पनि समस्या नहुने र समयमै सम्पन्न गर्ने गरी निर्माणको काम अगाडि बढाईने बताउनु भयो ।

तिनाउ नदिमा स्थलगत अनुगमन
पूर्वगृहमन्त्री खाँणले बुटवल उपमहानगरपालिकामा पर्ने तिनाउ नदिमा बाढीले भत्काएको नदिको तटबन्धन र बेडबारको स्थलगत अवलोकन गर्नुभएको छ । उहाँ आफू सिचाईमन्त्री भएका बेला कटान रोक्न तिनाउको दुबैतर्फ तटबन्धन गर्नुको साथै नदिको गहिराई नियन्त्रणका लागि बेडबार निर्माण गरिएको थियो । त्यसपछि वर्षेनी वर्षामा आएको बाढीले कतिपय ठाउँमा तटबन्धन तथा बेडबार भत्काईदिएको छ ।
बुटवलको तिनाउपुल माथी र तलबाट समेत सिचाईका बाँधहरु रहेको र नदि गहिरिँदै जाँदा सिचाईको मुहानमा समेत समस्या हुने भएकाले बेडबार बाधिएको थियो । नदिनमा भत्किएका तटबन्धन तथा बेडबार अवलोकन गरी उहाँले नियन्त्रणका लागि थप बजेट निनियोजन गरी व्यवस्थित गर्न आवश्यक रहेको बताउनु भयो ।

≪ Previous Post

प्रीति आत्रेय ज्ञवालीको ‘मणिराम’ मुक्तक सङ्ग्रह लोकार्पण

Next Post ≫

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्डको उपाधि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क