Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रीति आत्रेय ज्ञवालीको ‘मणिराम’ मुक्तक सङ्ग्रह लोकार्पण
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रीति आत्रेय ज्ञवालीको ‘मणिराम’ मुक्तक सङ्ग्रह लोकार्पण

संसारपोस्ट संवाददाता · ३ माघ २०८१ · 0
प्रीति आत्रेय ज्ञवालीको ‘मणिराम’ मुक्तक सङ्ग्रह लोकार्पण
70
SHARES
ShareTweet

माघ । नेपालकै पहिलो महिला राशिफल लेखिका तथा स्तम्भकार प्रीति आत्रेय ज्ञवालीद्वारा लिखित ‘मणिराम’ मुक्तक सङ्ग्रह बुधबार लोकार्पण गरिएको छ ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा भएको कार्यक्रममा प्राज्ञ बूँद रानासहित साहित्यकारहरुले संयुक्त रुपमा कृतिको विमोचन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्राज्ञ बूँद रानाले कृतिमा पितृभक्ति, पारिवारिक मेल, ज्येष्ठहरुप्रति श्रद्धा र सम्मान, युगीन जनजीवनको भाव प्रस्तुत भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा ‘मणिराम’ मुक्तक सङ्ग्रहमा समावेश मुक्तकहरूमा अन्तर्निहित लेखनशिल्प, भावको गाम्भीर्य, लेखनको मर्म र गहिराईका बारेमा समीक्षा गर्दैै डा. मुरारि पराजुलीले कृतिमा हिन्दु आदर्श, समाजमा रहेका कुप्रवृत्ति, कुसंस्कार, नेतृत्वको स्खलन, आध्यात्मवादी चिन्तन र बिम्बको चातुर्य प्रस्तुत भएको तथा कृतिले समकालीन समाजको यथार्थ चित्रण गरेको बताउनुभयो ।
प्रतिष्ठानका रुपन्देही अध्यक्ष पुरुषोत्तम पाण्डेयले प्रतिष्ठान सदैव भाषा, कला, साहित्य र संस्कृतिको संरक्षणका क्षेत्रमा लागिरहेको र कृतिकारलाई हौसला तथा प्रोत्साहन गर्ने उद्देश्यले सोही प्रकृतिका कार्यक्रम गरिरहेको बताउनुभयो ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजादले लुम्बिनी प्रदेशका सबै जिल्लामा प्रतिष्ठान क्रियाशील रहेको, कपिलवस्तुको कपिलधाममा स्वर्गीय स्रष्टाहरुको शालीकसहितको साहित्य तीर्थ निर्माण भइरहेको र उक्त स्थानमा प्रतिष्ठानको केन्द्रीय कार्यालय तथा केन्द्रीय पुस्तकालय रहेको बताउनुभयो । उहांले मणिराम मुक्तक सङ्ग्रहमा नेपाली समाजको जनजीवन र पारिवारिक अवस्थाको चित्रण गरिएको बताउनुभयो ।
साहित्यकार रुद्र ज्ञवालीले प्रीति आत्रेय ज्ञवालीले आफ्ना ससुरा बुबा मणिरामको ८५ औँ जन्मोत्सवका अवसरमा उहाँकै नाम शीर्षकमा कृति प्रकाशन गर्नु र जन्मोत्सवका मुहूर्तमा उपहारस्वरुप कृति समर्पण गर्नु निसन्देह सराहनीय र नौलो कार्य भएको बताउनुभयो ।
कार्यक्रममा साहित्यकार प्रा.डा. हिरण्यलाल ज्ञवाली, ऋषिराम भुसाल, उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, दौँघा रुपन्देही सम्पर्क समाजका अध्यक्ष भीमलाल ज्ञवाली, साहित्यकार वनमाली निराकार, साइनो वाङ्मय चौतारी नेपालका सल्लाहकार धातानन्द शर्मा गैरेलगायतले कृतिले पारिवारिक समन्वय र प्रेम, सभ्य तथा आदर्श समाजको विषयलाई उजागर गरेको बताउनुभयो ।
मणिराम कृतिकी लेखक प्रीति आत्रेय ज्ञवालीले ससुरा बुबाको जन्मोत्सवको अवसरमा मुक्तक सङ्ग्रह प्रकाशन गर्न पाउँदा खुसी लागेको बताउँदै आफूलाई लेखनको क्षेत्रमा हौसाउनुहुने मातापिता, सासुससुरा, इष्टमित्र र शुभेच्छुकहरु तथा लोकार्पणको चाजोपाँजो मिलाउने लुम्बिनी वाङ्मय प्रतिष्ठान प्रति आभार ब्यक्त गर्नुभयो ।
८० भन्दा बढि साहित्यकार र साहित्यानुरागीको उपस्थितिमा भएको कार्यक्रममा राजेन्द्रकुमार आचार्य, कृष्णप्रसाद कोइराला, दिपक भण्डारी, शिव प्यासी, मणिराम ज्ञवाली, लक्ष्मी ज्ञवाली, आर्या आत्रेयलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका उपाध्यक्ष कृष्ण गाउँलेले गर्नुभएको थियो ।

≪ Previous Post

रुपन्देहीको देवदहमा आज देखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन हुंदै

Next Post ≫

बुटवल–गोरुसिंगे सडक निर्माणमा पूर्वगृहमन्त्री खाँणको चासो : समयमै सम्पन्न गर्नेगरी काम गर्न आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क