Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ श्री बहुउद्देश्यीय सहकारीमा होम पौडेलको अध्यक्षतामा नयाँ समिति चयन
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

श्री बहुउद्देश्यीय सहकारीमा होम पौडेलको अध्यक्षतामा नयाँ समिति चयन

संसारपोस्ट संवाददाता · २१ पुष २०८१ · 0
श्री बहुउद्देश्यीय सहकारीमा होम पौडेलको अध्यक्षतामा नयाँ समिति चयन
90
SHARES
ShareTweet

तिलोत्तमा । श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तिलोत्तमा ५ मणिग्राम रुपन्देहीको ३६ औं वार्षिक साधारण सभा तथा १४ औं अबिधेशनले होमप्रसाद पौडेलको संस्थाको नयाँ नेतृत्व सवसम्मत चयन गरेको छ ।
अबिधेशनबाट संस्थाको उपाध्यक्षमा घनश्याम भुसाल तथा संचालक समिति सदस्यमा बिजेश न्यौपाने, रमेश बस्याल, रुक्माँगत पाण्डे, रत्ना न्यौपाने रिजाल, अजय राना, चिरन्जिवी बश्याल र बन्दना बस्नेत निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक दधिराम खरेलले घोषणा गर्नुभयो ।
अधिबेशनवाट ऋण लगानी तथा धितो मूल्याँकन उप समितिमा निरन्जन धिताल र राजकुमार श्रेष्ठ तथा शिक्षा उप समितिमा ईश्वर बहाद्र कार्की, मिन बहाद्र अधिकारी, माया भण्डारी, र कुष्माखर रेग्मी सर्वसम्मत चयन हुनुभएको छ । सहकारीको विधान अनुसार दुबै उपसमितिको संयोजक कार्यसमितिको सदस्यबाट चयन हुने ब्यवस्था रहेको छ ।
सहकारीका जेष्ठ सदस्य के पी गौतमको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा जेष्ठ सदस्य भगवती डुम्रे, नारायण प्रसाद गौतम र श्यामसुन्दर तिवारी तथा सहकारीमा धेरै शेयर सदस्य बनाउने बलराम भट्टराई र रत्ना न्यौपाने रिजाल लाई देसल्ला र प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो ।
साधारण सभामा सहकारीका अध्यक्ष गणेश पाठकले सहकारीका शेयर सदस्यहरुलाई १४ प्रतिसत नगद वोनस वितरण गरिएको र धितो र वचतको आधारमा ऋण प्रवाहको सिमा प्रति सदस्य २० लाख रहेकोमा सोलाई श्ंसोधन गरी अधिकतम ४० लाख कायम गरिएको जानकारी गराउनु भयो । सहकारीले महिला शेयर सदस्य स्त्केरी हंदा एक पटकका लागि सम्मान सहित ३ हजार प्रदान गर्ने, नवजात शिसुको अनिवार्य बचत खाता खोल्नुपर्ने, सबै शेयर सदस्यहरुको एक लाख बराबरको दुर्घटना विमा, शेयर सदस्यको सामान्य मृत्युमा २५ हजार बराबरको राहत रकम प्रदान गर्ने कार्यलाई निरन्तरता दिइएको अध्यक्ष पाठकले जानकारी गराउनुभयो ।
कार्यक्रममा सहकारीका सल्लाहकार ईन्दिरा तामाङ, फोरस्टार सहकारी संस्थाका अध्यक्ष रामलाल तिवारी, शेयर सदस्य कपिलमणि पाठक, सहकारीका उपाध्यक्ष होमप्रसाद पौडेल, सदस्य विजेश न्यौपाने, निर्वाचन समितिका सदस्य किसोर सुवेदी, लेखा समिति संयोजक चिरन्जिवी बश्याल लगायतले बोल्दै सहकारी संस्थाका शेयर सदस्यहरु जागरुक र जिम्मेवार भएमा मात्र सहकारी सवल र सक्षम हुने धारणा राख्नुभयो । सहकारी संस्थामा ६०१ जना शेयर सदस्यहरु रहेका छन् भने आर्थिक वर्ष २०८१÷८२ का लागि २ करोड ३१ लख १० हजार वजेट प्रस्ताव गरिएको छ ।

 

≪ Previous Post

धौलागिरी सहकारीको २५ औँ साधारण सभा, सहकारीमा भएको छाडातन्त्र नियन्त्रण हुनुपर्नेमा मन्त्री कार्कीको जोड

Next Post ≫

ज्येष्ठ नागरिक मिलन केन्द्रमा सेवालिनेको आकर्षण बढ्दै, संचालनकालागि आर्थिक संकट निम्तिदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क