Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ धौलागिरी सहकारीको २५ औँ साधारण सभा, सहकारीमा भएको छाडातन्त्र नियन्त्रण हुनुपर्नेमा मन्त्री कार्कीको जोड
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

धौलागिरी सहकारीको २५ औँ साधारण सभा, सहकारीमा भएको छाडातन्त्र नियन्त्रण हुनुपर्नेमा मन्त्री कार्कीको जोड

संसारपोस्ट संवाददाता · २१ पुष २०८१ · 0
धौलागिरी सहकारीको २५ औँ साधारण सभा, सहकारीमा भएको छाडातन्त्र नियन्त्रण हुनुपर्नेमा मन्त्री कार्कीको जोड
140
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सहकारीमा भएको छाडातन्त्र नियन्त्रण हुनुपर्ने बताउनुभएको छ । प्रदेशले निकट भविश्यमा नै सहकारी नियमनगर्ने गरी कार्यविधि ल्याउने तयारी गरिएको उहांले बताउनुभयो । उहांले प्रदेश मातहतमा रहेका सहकारी र स्थानीयतहमा रहेका समेत सहकारी नियमनगर्ने गरी कार्यविधि ल्याएर त्यसको नियमन, निरिक्षण तथा सुपरभिजनको कामगर्ने तयारी गरिएको उल्लेख गर्नुभयो ।
बुटवल उपमहानरपालिका वडानम्बर ८ मा रहेको धौलागिरी बहुउद्देश्य सहकारी संस्था लिमिटेडको २५ औ बार्षिक साधारण सभामा बोल्दै मन्त्री कार्कीले सहकारी क्षेत्रमा भैरहेका गल्तीलाई गल्तीहो भन्न सक्ने गरी कामहुन जरुरी रहेको बताउनुभयो । सहकारीहरुको उद्देश्य अन्य बैंक तथा वित्तीय संस्थाहरुको जस्तो नभएको भन्दै मन्त्री कार्कीले सत्यलाई सबैले साथ दिएर र गलतलाई सबैले कारवाही गरेर अगाडी बढ्नुको विकल्प नभएको बताउनुभयो । उहांले भन्नुभयोे–‘केही सहकारीहरुको कारण सिंगो सहकारी अभियान नै धरासायीहुने अवस्था आएको छ, सहकारी क्षेत्रका विकृति निमिट्यान्ट पार्नको लागि गलत गर्नेलाई कारवाहीको दायरामा ल्याएर छाडिने छ ।’
कार्यक्रममा तिलोत्तमा नरपालिका प्रमुख तथा सहकारीका संस्थापक अध्यक्ष रामकृष्ण खाँणले सहकारीको मुल्यमान्यता भन्दा बाहिर गएर कुनै पनि कामकारवाही गर्न नहुनेमा जोड दिनुभयो । नेपाली काँग्रेसका नेता तथा सहकारीका सल्लाहकार युवराज गिरीले सकरारले नयाँ अध्यादेश मार्फत ल्याएको नियम एक सहकारीमा बढिमा दुई कार्यकाल भन्दा बढि बस्न नपाउने गरी ल्याएको नियम सहि भएको तर्क गर्नुभयो । सहकारीमा निश्चित मात्रै रकम राख्न पाउने गरी नयाँ ल्याइएको अध्यादेशले सहकारीको थप नियमन हुने उहांको भनाई थियो ।
कार्यक्रममा बुटवल उपमहानरपालिका वडा नम्बर ८ का अध्यक्ष यज्ञ पंगेनीले सहकारीको नीति नियम भन्दा बाहिर जाँदा अहिलेको समस्या आएको बताउनुभयो ।
कार्यक्रममा सहकारीका सल्लाहकार टंक प्रसाद पराजुली, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, ईन्द्रेणी सहकारीका उपाध्यक्ष माया गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकाल, रुपन्देही बचत तथा ऋण सहकारी संघका अध्यक्ष बसन्त ढकाल लगायतयले आआफ्नो भनाई राख्नुभएको थियो ।
साधारण सभामा सहकारीका अध्यक्ष गोविन्दप्रसाद खनालले २०८१ असार मसान्त सम्ममा कुल आम्दानी एक करोड अठासी लाख तेत्तिस हजार दुई सय अठितिस रुपैयाँ सतहत्तर पैसा, कुलखर्च एक करोड साठी लाख चौबीस हजार एक सय उन्पचास रुपैयाँ उनासी पैसा गरि कुल मुनाफा अठ्ठाइस लाख नौ हजार अठासी रुपैया अन्ठानब्बे रहेको बताउनु भयो । आय कर व्यवस्था पछिको सहकारीको खुद मुनाफा तेइस लाख सतासी हजार सात सय पच्चिस रुपैया त्रिसठ्ठी पैसा रहेको छ ।
संस्थाको सैनामैना सेवा केन्द्रमा ६५० जना, मुख्य केन्द्र बुटवलमा ८१९ जना शेयर सदस्यगरि जम्मा १४६९ जना शेयर सदस्य रहेका छन् जसमध्ये महिला ८३० जना र पुरुष ६३९ जना रहेका छन् ।
कार्यक्रम सहकारीका सचिव ठाकुर घिमिरेले संचालन गर्नु भएको थियो भने उपाध्यक्ष देव प्रसादखनालले स्वागत गर्नु भएको थियो । साधारण सभाले कोषाध्यक्ष शान्ति सिंह मल्लले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन, लेखा समिति र ऋण समितिको प्रतिवेदन पारित गरेको छ ।

≪ Previous Post

नेपाल शिक्षक संघको प्रतिनिधि सभा सम्पन्न

Next Post ≫

श्री बहुउद्देश्यीय सहकारीमा होम पौडेलको अध्यक्षतामा नयाँ समिति चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क