Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाल शिक्षक संघको प्रतिनिधि सभा सम्पन्न
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल शिक्षक संघको प्रतिनिधि सभा सम्पन्न

संसारपोस्ट संवाददाता · २१ पुष २०८१ · 0
नेपाल शिक्षक संघको प्रतिनिधि सभा सम्पन्न
60
SHARES
ShareTweet

तिलोत्तमा । नेपाल शिक्षक सङ्घ तिलोत्तमा नगर कार्य समितिको १० औं प्रतिनिधि सभा सम्पन्न भएको छ ।
सो अवसरमा ११ जना दीर्घसेवी शिक्षक कर्मचारी, ६ जना सेवा निवृत शिक्षक कर्मचारी, २० जना नवनियुक्त शिक्षकहरुलाई सम्मान गरिएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा सरुवा भई आउनुभएका ४ जना शिक्षकलाई स्वागत गरिएको छ । सोही अवसरमा एसएलसी, एसइइ र आधारभूत तहमा उत्कृष्ट हुने विद्यार्थीहरु र उनीहरुका अभिभावकहरुलाई समेत सम्मान गरिएको छ ।
संघका नगर अध्यक्ष प्रचण्ड जि.सी.को अध्यक्षता तथा सचिव दिनेश खड्काको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले समाजलाई कस्तो बाटोमा लैजाने भन्ने महत्वपूर्ण भूमिका शिक्षकहरुको रहेको हुँदा असल मार्गदर्शक बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय सदस्य कुलप्रसाद लामिछाने, संघका जिल्ला अध्यक्ष रुप कुमार रायमाझी, पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, नेपाल शिक्षक महासंघ रुपन्देहीका अध्यक्ष लिलाधर न्यौपाने, नेपाल ट्रेड युनियन काङ्ग्रेस लुम्बिनीका महासचिव हिम बहादुर के.सी., नेपाली काङ्ग्रेस तिलोत्तमाका सभापति हरिलाल पाण्डेय, तिलोत्तमा वडा नं २ का अध्यक्ष डिल बहादुर भट्टराई लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो ।
यस्तै नेपाल शिक्षक महासंङ्घ तिलोत्तमाका अध्यक्ष मृगेन्द्र रिजाल, नेपाल शिक्षक संघ तिलोत्तमाका पूर्व अध्यक्ष खेमराज पाण्डेय, बुटवलका अध्यक्ष शिव प्रसाद अर्याल, जनता मा.वि.का प्रधानाध्यापक शालिकराम खनाल, प्रभात आधारभुत विद्यालयका प्रधानाध्यापक रीता ज्ञवालीले शैक्षिक मुद्धाहरुका सन्दर्भमा रहेर आ–आफ्नो भनाई राख्नुभएको थियो ।
उपाध्यक्ष अमर डि.सी.ले स्वागत गर्नुभएको कार्यक्रममा सचिव दिनेश खड्काको सांगठनिक प्रतिवेदन र अर्थ सचिव गुरु प्रसाद उपाध्यायले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको छ ।

≪ Previous Post

साई ग्लोबल कपः रूपन्देही क्याम्पस ३ विकेट र काशी नोबल ६१ रनले विजयी

Next Post ≫

धौलागिरी सहकारीको २५ औँ साधारण सभा, सहकारीमा भएको छाडातन्त्र नियन्त्रण हुनुपर्नेमा मन्त्री कार्कीको जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क