Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सञ्चारकर्मी श्रेष्ठ र गौतमद्वारा लिखित ‘उद्घोषण पाठशाला’को लोकार्पण
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सञ्चारकर्मी श्रेष्ठ र गौतमद्वारा लिखित ‘उद्घोषण पाठशाला’को लोकार्पण

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८१ · 0
सञ्चारकर्मी श्रेष्ठ र गौतमद्वारा लिखित ‘उद्घोषण पाठशाला’को लोकार्पण
80
SHARES
ShareTweet

बुटवल । सञ्चारकर्मी द्वय सुमन श्रेष्ठ र विकास गौतमद्वारा लिखित ‘उद्घोषण पाठशाला’को लोकार्पण भएको छ । बुटवलमा बसेर लामो समयदेखि सञ्चारकर्मसँगै उद्घोषण गर्दै आएका श्रेष्ठ र गौतमको सो पुस्तक आइतबार एक कार्यक्रमका विच लोकार्पण गरिएको हो ।

लोर्कापण कार्यक्रममा बोल्दै अधिवक्ता तथा लेखक युवराज कडेँलले पुस्तक पठन योग्य रहेको बताउँदै कुनै पनि कुरालाई उचित ढङ्गले बोल्न सकिएन भने जस्तोसुकै महत्वपूर्ण कुरा पनि प्रभावविहीन हुने बताउनुभयो । अग्रज पत्रकार खिमानन्द भट्टराईले पुस्तकमा धेरै कुरा समेटिएको र त्यसलाई पढेर लागु गर्न सके धेरै कुरा सिक्न सकिने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले पुस्तकमा भएका कुरा पढेर मानिसमा बोल्ने कलाको विकास गर्न सहयोग पुग्ने खालको रहेको बताउनुभयो । साथै उहांले पुस्तक लेख्नलाई आगमी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।

पुस्तक लोर्कापण कार्यक्रममा बोल्दै पुस्तकका लेखक सुमन श्रेष्ठले आफूले लामो समयसम्म सञ्चारकर्ममा रहँदा र उद्घोषण गर्दाका अनुभवलाई पुस्तकमा समेटिएको बताउनुभयो । आफुले जानेका कुराहरु अरुलाई पनि बाँडनु पर्छ भनेर पुस्तक लेखेको श्रेष्ठले बताउनुभयो ।

यस्तै अर्का लेखक विकास गौतमले २०६५ देखि आफुहरुले सँगै काम गरेको बताउँदै काम गर्दाका अनुभवहरुका आधारमा पुस्तक लेखेको बताउनुभयो । साथै उहांले अब आफु सञ्चारकर्ममा केही समय सक्रिय नहुने भएपनि सञ्चार क्षेत्रप्रतिको माया र सद्भाव भने रहिरहने उल्लेख गर्नुभयो ।

कार्यक्रममा लेखक सुमन श्रेष्ठका बुबा सत्य रश्मि श्रेष्ठ र विकास गौतमका ससुरा बुबा देविराम पाण्डेले पनि पुस्तकका विषयमा चर्चा गर्नुभएको थियो ।

उद्घोषण पाठशालाका लेखक श्रेष्ठ २०६० सालदेखि सञ्चारकर्ममा सक्रिय रहँदै आउनुभएको छ । श्रेष्ठले यो विचमा बुटवलका विभिन्न रेडियोमा काम गर्नुका साथै विभिन्न कार्यक्रमहरुको उद्घोषण तथा प्रशिक्षण समेत दिदैँ आउनुभएको छ ।

यस्तै २०६६ सालदेखि संचारकर्म सुरु गरेका विकास गौतमसंग पनि विभिन्न संचारमाध्यमा काम गरेको अनुभव छ ।

≪ Previous Post

रूपन्देही व्यपार संघले साता व्यापी कार्यक्रम गरेर रजत महोत्सव मनाउदै

Next Post ≫

रूपन्देही सुपरलिगः साई ग्लोबलमाथि देवदहको सात विकेटको जित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क