Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सुरक्षित यात्रा नेपालले बुटवल बसपार्कमा पुनः यात्रु सहायता कक्षा सञ्चालन गर्ने
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सुरक्षित यात्रा नेपालले बुटवल बसपार्कमा पुनः यात्रु सहायता कक्षा सञ्चालन गर्ने

संसारपोस्ट संवाददाता · १४ कार्तिक २०८१ · 0
सुरक्षित यात्रा नेपालले बुटवल बसपार्कमा पुनः यात्रु सहायता कक्षा सञ्चालन गर्ने
110
SHARES
ShareTweet

बुटवल । सुरक्षित यात्रा नेपालले तिहार र छठ् पर्वमा सार्वजनिक यातायातमा हुने यात्रुहरुको चापलाई मध्यनजर गर्दै बुटवल स्थित नयाँ बसपार्कमा यात्रुहरुको सहायताका लागि बुटवल बसपार्कमा पुनः यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ ।

चाडपर्वको अवसरमा यात्रु तथा मानिसहरुको आवतजावत बढ्ने र यसका कारण सार्वजनिक यातायात क्षेत्रमा हुन सक्ने अत्यधिक चाप र दुर्घट्नाको जोखिम न्युनिकरणका साथै यात्रुहरुको सुरक्षित रुपमा गन्तब्यमा पुग्ने अधिकारलाई सुनिस्चित गर्न र यात्रुहरुलाई यात्राको क्रममा हुन सक्ने असुविधामा सहजिकरण र सहायता गर्ने उदेश्यले यात्रु सहायता कक्ष सञ्चालन गर्न लागिएको सुरक्षित यात्रा नेपाल केन्द्रीय समितिका अध्यक्ष कृष्ण प्रसाद बेलबासेले जानकारी दिनुभयो । तिहारमा यात्रुहरुको अत्यधिक भिड्भाड् हुन सक्ने समय कात्तिक १५ गतेदेखि कात्तिक २० गतेसम्म बुटवलको नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरिने अध्यक्ष बेलबासेले जानकारी दिनु भयो ।

यसअघि दशैंको अवसरमा घटस्थापनादेखि १५ दिनसम्म सञ्चालन गरिएको यात्रु सहायता कक्षबाट भारतबाट नेपाल फर्कने क्रममा ठगिएर र लुटिएर बेखर्ची भएकाहरुलाई निशुल्क रुपमा गन्तव्यसम्म पुग्ने व्यवस्था,यात्राका क्रममा हराएका र छुटेका यात्रुका सामानहरु नेपाल प्रहरी, बस र सार्वजनिक सवारीसाधन धनीहरुसंगको समन्वयमा खोजविन गरि सम्बन्धित व्यक्तिहरुलाई बुझाउने कार्य, लामो दुरिका गन्तव्यसम्म पुग्ने टिकट र बस नपाउने यात्रुहरुलाई टिकट तथा सवारी साधनको व्यवस्था, बढी भाडा लिने सवारी साधनहरुबाट बढी लिइएको भाडा रकम यात्रुलाई फिर्ता गर्ने, सार्वजनिक सवारी साधनहरुमा ट्राफिक सचेतनामूलक स्टिकर टाँस जस्ता कार्य र गुनासाहरु समाधान गरिएको सुरक्षित यात्रा नेपालका दीपक ढकालले जानकारी दिनु भयो ।

oppo_2

सञ्चालित यात्रु सहायता कक्षबाट यात्रुहरुले सार्वजनिक यात्रामा बढी भाडा लिने, सिट क्षमता भन्दा यात्रु राखेर यात्रा असुरक्षित बनाउने तथा आफुहरुलाई पर्ने जुनसुकै समस्या तथा गुनासाहरु भएमा सहायता कक्षमा सम्पर्क गर्न दीपक ढकालले आग्रह गर्नुभएको छ । सुरक्षित यात्रा नेपालले बुटवल उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय बुटवल रुपन्देही, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय बुटवल, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. प्रधान कार्यालय बुटवल लगायत सरोकारवाला निकायहरुको सहकार्यमा यात्रु सहायता कक्ष सञ्चालन गर्न लागेको हो । यसअघि सञ्चालित सहायता कक्षबाट यात्रुहरु यात्रा सहजिकरणका साथै शुद्ध पिउने पानी तथा प्राथमिक उपचार सेवाबाट समेत लाभान्वित भएका थिए ।

≪ Previous Post

आज काग तिहार, कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदै

Next Post ≫

रूपन्देही व्यपार संघले साता व्यापी कार्यक्रम गरेर रजत महोत्सव मनाउदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क