Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उद्योगको लाईन जडान लागि तिलोत्तमा उद्योग वाणिज्य संघद्वारा नगरपालिका र प्राधिकरणको ध्यानाकर्षण
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्योगको लाईन जडान लागि तिलोत्तमा उद्योग वाणिज्य संघद्वारा नगरपालिका र प्राधिकरणको ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · १४ कार्तिक २०८१ · 0
उद्योगको लाईन जडान लागि तिलोत्तमा उद्योग वाणिज्य संघद्वारा नगरपालिका र प्राधिकरणको ध्यानाकर्षण
120
SHARES
ShareTweet

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरणले लाईन काटेका उद्योगहरुमा उद्योगहरुमा लाईन जडान गर्ने वातावरण निर्माणका लागि तिलोत्तमा नगरपालिका र विद्युत प्राधिकरणको नयाँमिल वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ ।
संघले मंगलबार तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र नयाँमिल वितरण केन्द्रका प्रमुख रितेस गुप्तालाई ज्ञापन पत्र बुझाउंदै काटिएको विद्युत लाईन जडान र उद्योगी र प्राधिकरण वीच रहेको समस्याको दीर्घकालिन समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको हो ।

ज्ञापनपत्र बुझाउंदै संघका वरिष्ठ उपाध्यक्ष सूरज पंगेनीले जबसम्म प्राधिकरणबाट तथ्य प्राप्त हुदैन तबसम्म विद्युत कटौति गर्ने कार्य बन्द गरिनुपर्ने बताए । उनले चाडपर्वको समयमा बिनाकुनै आधार अग्रिम सूचना नदिई कानुनी रुपमा संचालनमा आईरहेका, राष्ट्रको अर्थतन्त्रको मुख्य आधारको रुपमा रहेका उद्योग धन्दाहरुको विद्युत कटौती गर्दा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उद्योगीहरु मात्र नभई स्थानीय देखि राष्ट्रिय स्तरमा नकारात्मक प्रभाव पर्न गई लगानी पलायन हुने स्थिति सिर्जना भएको बताए ।

यसरी एकाएक उद्योगको विद्युत लाईन कटौती गर्दा उद्योगहरुमा कार्यतर कामदारहरुको आयमा ह्रास आउने, अत्यावश्यक खाद्यान्नहरुको उत्पादन बन्द हुँदा वस्तुको आपुर्तिमा ह्रास आउने र कृतिम मूल्यवृद्धि जस्ता समस्याहरु सिर्जना हुन सक्ने सम्भावना बढी रहेको भन्दै वरिष्ठ उपाध्यक्ष पंगेनीले  यसरी विद्युत कटौती गरिने हो भने अबका केहीदिनहरुमा उद्योगहरु नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने बताए ।

संघका पदाधिकारी, सदस्य एबं लाईन काटिएका उद्योगका संचालक सहित पुगेर बुझाईएको ज्ञापन पत्रमा लाईन काटिएका उद्योगहरुमा तिलोत्तमा नगरपालिका भित्र ७ वटा र छिमेकी पालिकामा ३ वटा उद्योगहरु रहेका उल्लेख छ ।

‘तिलोत्तमा नगरपालिका भित्रका कतिपय उद्योगीहरुले आफुले डेडिकेटेड र ट्रङ्क लाईन सम्बन्धमा विद्युतको माग नै नगरेता पनि विद्युत  प्राधिकरणबाट विद्युत उपभोग गरेको भन्दै रकम बक्यौता देखाईएको र जसका कारण पटकपटक विद्युत कटौतिको समस्या सामना गर्नुपरेको छ ।’ ज्ञापन पत्रमा उल्लेख छ ।

‘उद्योगीहरुले पटकपटक आफुले माग नगरेको विद्युत कथमकदाचित उपभोग गरेको भएमा प्रमाणका आधारमा देखिन आएको रकम आफुहरुले तिर्न तयार रहेको र प्रमाण पेश गर्नका लागि विद्युत प्राधिकरणलाई पत्राचार गर्दा पनि प्रमाण प्राप्त गर्न नसकिरहेको अवस्था छ । नेपाल सरकारको मातहतको नेपाल विद्युत प्राधिकरणले वीना प्रमाण कुनैपनि उद्योगलाई आफ्नो काल्पनिक हिसाबको आधारमा विद्युत उपभोगको विल वक्यौता देखाउदै निरङकुस शैलीमा रकम तिर्न बाध्य बनाउनु कुन प्रकारको नियमहो हामी बुझन सकिरहेका छैनौं ।’ ज्ञापन पत्रमा उल्लेख छ ।

आर्थिक संकटको बेलामा जसोतसो चलायमान भईरहेको राष्ट्रको उद्योगहरुलाई सहजीरकरण गर्ने वातावरण सिर्जना गराउनुको सट्टा उद्योगीहरुलाई राज्यले यस्तो कठीन अवस्था सिर्जना गराउदा सम्पुर्ण राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्ने भन्दै संघले विद्युत प्राधिकरणको यस्तो अव्यवहारिक कार्यप्रति भत्सर्ना गरेको छ ।

पीडित उद्योगी ब्यवसायीहरुले बक्यौता विद्युत रकम छुट होस भन्ने आफुहरुको तात्पर्य नरहेको भन्दै विद्युत प्राधिकरणबाट कुन उद्योगले कहिले विद्युत माग गरेको हो र कति परिमाणमा कहिले देखि कति विद्युत खपत गरेको हो सोको विवरण प्रमाण सहित पेश गरिए आफ्नो उद्योगले खपत गरे बापत हुन आउने विद्युत महशुल तिर्न तयार रहेको बताएका छन् ।
ज्ञापन पत्र बुझ्दै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले समस्या समाधानका लागि सम्वन्धित तथा सरोकारवाला निकाय र पार्टीका नेताहरु मार्फत पहल गर्ने आश्वासन दिए । नयाँमिल वितरण केन्द्रका प्रमुख रितेस यादवले आफुले केन्द्रबाट आएको निर्देशन अनुसार लाईन काटेको बताए ।
बक्यौता रकम नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले भलवारी स्वचालित चामल, एस आर फुड्स प्रा.लि., घराना फुड्स प्रा.लि., सिद्धार्थ पेट प्लास्ट, गोयनका फुड्स प्रा.लि., श्याम प्लाष्टिक, एभरेष्ट रोलिङ्ग प्रा.लि., पञ्चकन्या प्लाष्टिक, पञ्चकन्या स्टील र एस आर स्टीलको लाइन काटेको छ ।

≪ Previous Post

आजदेखि यमपञ्चक (तिहार) सुरु, आज धनतेरस

Next Post ≫

सुन सहित २ जना मानिस रुपन्देही प्रहरीको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क