Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ वीपी स्मृति कपः सेमिफाइनल समिकरण पूरा, श्रीलंका बाहिरियो
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वीपी स्मृति कपः सेमिफाइनल समिकरण पूरा, श्रीलंका बाहिरियो

संसारपोस्ट संवाददाता · ८ कार्तिक २०८१ · 0
वीपी स्मृति कपः सेमिफाइनल समिकरण पूरा, श्रीलंका बाहिरियो
80
SHARES
ShareTweet

भैरहवा ७ । भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबारको पहिलो खेलमा अली हुसेनको सम्हालिएको ब्याटिङ र समोनको उत्कृष्ट बलिङमा पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमी सेमिफाइनल प्रवेश गरेको छ । जावेद गोहारले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई ४७ रनले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेको हो । पास्तिानसँग पराजित भएसँगै श्रीलंकन टिम भने प्रतियोगिताबाट बाहिरिएको छ । दोस्रो खेलमा दुई खेलाडीको अर्धशतकको मद्दतमा भारतको लाइफ केयर क्रिकेट क्लबले बंगलादेशको साइक्यू क्रिकेट एकेडेमीमाथि ६३ रनको सहज जित निकाल्यो । यी दुबै टीम यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । मेसिफाइनल पुग्नेमा नेक्सस रुपन्देही–११ पनि छ ।

बुधबार सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानको जावेद गोहारले निर्धारिता खेलमा ६ विकेटको नोक्सानीमा १ सय ३७ रन बनायो । उसका लागि अली हुसेनले ५९ बलमा ७ चौकाको मद्दतमा ५८ रनको इनिङ खेले । यस्तै, ऋषभ जोशीले अविजित १६, इमरान नाजिरले १४, वष्मन सफीले १२ र रमिस्नले १० रन जोडे । बलिङमा श्रीलंका राज्य सेवाका समन कुमारा र तुसारा लक्ष्मीपागले २–२ तथा ननी वासुपाली र इन्दुमल प्रसादले १–१ विकेट लिए ।

१ सय ३८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको श्रीलंका राज्य सेवा १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ९० रनमै समेटियो र प्रतियोगिताबाट बाहिरियो । उसलाई सस्तैमा रोक्न बलिङमा पाकिस्तानको जावेद गोहारका समोनले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट हात पारे । यस्तै, ऋषभ जोशी र रामिसले २–२ तथा जेम खान र अली अन्सारीले १–१ विकेट लिन सफल भए । श्रीलंका राज्य सेवाका समन कुमाराले ३९ र तुसारा लक्ष्मीपागले २३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम सेमिफाइनल पुग्नबाट चुक्यो ।

दोस्रो खेलमा सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लाइफ केयरले ४ विकेटको नोक्सानीमा १ सय ८९ रनको बलियो योगफल बनायो । उसका लागि जस्मित नैन र विपुलले अर्धशतक प्रहार गरे । जस्मितले अविजित ७२ र विपुलले ७१ रन जोडे । यस्तै, दीपक पुनियाले २० र शुभमले नटआउट १० रनको योगदान गरे । बलिङमा साइक्यूका मोहम्मद ओमरले २ तथा कृष्ण कुमार र राकिव अहम्मदले १–१ विकेट लिए ।

१ सय ९० रनको लक्ष्य पछ्याएको साइक्यूले ९ विकेटको क्षतिमा १ सय २६ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि सहदाज रहमानले २७, कृष्ण कुमारले १८ र आषिश पजाहकले १४ रन बनाए । बलिङमा लाइफ केयरका दीपक पुनिया, योगेश कुमार र रोहित डङ्गवालले २–२ विकेट लिए । खेलमा जस्मित नैन म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष भरतबहादुर शाहीले जानकारी गराउनु भयो ।

≪ Previous Post

रुपन्देहीमा जुवातास खेल्दै गरेका पाँच जना नगद सहित पक्राउ

Next Post ≫

दाङमा बलात्कार आरोपमा पक्राउ परेका शसस्त्र प्रहरी जवानले हिरासतमै गरे आत्महत्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क