Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ वीपी कोइराला स्मृति कप क्रिकेट सुरु, भारत र नेपालको सानदार विजयी सुरुवात
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वीपी कोइराला स्मृति कप क्रिकेट सुरु, भारत र नेपालको सानदार विजयी सुरुवात

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०८१ · 0
वीपी कोइराला स्मृति कप क्रिकेट सुरु, भारत र नेपालको सानदार विजयी सुरुवात
120
SHARES
ShareTweet

भैरहवा । चारवटा टेष्ट राष्ट्र र नेपालसहित पाँच क्लबको सहभागितामा रुपन्देहीको भैरहवामा ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगिता सुरु भएको छ । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा शनिबारबाट सुरु प्रतियोगिताको उद्घाटन खेलमा भारतको लाइफ केयर क्रिकेट क्लब विजयी भएको छ । उसले पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । यस्तै, दोस्रो खेलमा नेक्सस रुपन्देही–११ नेपालले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई ९ विकेटले पराजित गरेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानको जावेद गोहारले १८ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८९ रनको सामान्य योगफल बनायो । उसका लागि ऋषभ जोशीले ४६ र अली हुसेनले २५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् र टिम सस्तैमा समेटियो । बलिङमा भारतको लाइफ केयरका रोहित डङ्गवालले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । यस्तै, योगेश कुमार र सक्षमले समान ३–३ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको भारतको लाइफ केयरले ७ ओभर ५ बलमा १ विकेट गुमाउँदै ९० रन जोड्दै सहजै लक्ष्य भेट्टायो । उसको जितमा दीपक पुनियाले २५ बलमा ६ छक्का र ६ चौकाको मद्दतमा ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, दीपान्सु फोरेले २१ रनको योगदान दिए । बलिङमा पाकिस्तानको जावेद गोहारका इमरान नाजिरले १ विकेट लिए । खेलमा भारतका रोहित डङ्गवाल म्यान अफ द म्याच भई ५ हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा शंकर रानाको उत्कृष्ट ब्याटिङ र साहब आलमको बलिङको मद्दतमा नेक्सस रुपन्देही–११ नेपालले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई ९ विकेटले पराजित गर्यो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाका अधिकांश ब्याटर नचल्दा निर्धारित खेलमा ९ विकेटको क्षतिमा जम्मा ८६ रन मात्रै जोड्यो । जसमा राज विरा र समानेरा परेराले १६–१६, नानी वासुपल्लीले १५, समन कुमाराले १४ र इन्दुनिल प्रसादले १२ रन जोड । बलिङमा उसलाई सस्तैमा रोक्न नेक्सस रुपन्देही नेपालका साहब आलमले ४ ओभरमा ९ रन खर्चेर ३, दुर्गेश गुप्ता र दिनेश अधिकारीले समान २–२ तथा वसिर अहम्मदले १ विकेट लिए ।

प्रतिउत्तरमा नेक्सस रुपन्देही नेपालले ७ ओभर ५ बलमा १ विकेट गुमाउँदै ८७ रन बनाई जित निकाल्यो । उसका लागि शंकर रानाले २८ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ५३ रनको अर्धशतकीय इनिङ खेली नटआउट रहे । उनले १७ औं ओभरमा लगातार ४ छक्का समेत प्रहार गरेका थिए । यस्तै, सुमित महर्जनले ३१ रन बनाई नटआउट रहन सफल भए । बलिङमा श्रीलंकाका समानेरा परेराले १ विकेट लिए । नेपालका साहब आलम म्यान अफ द म्याच भई ५ हजार रुपैयाँ प्राप्त गरे ।

कार्तिक १० गतेसम्म चल्ने प्रतियोगितामा दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल गरी पाँच देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागिता छ । आयोजक नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरतबहादुर शाहीले नेपाली क्रिकेटको विकासमा टेवा पुर्याउने र खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोता आयोजना गरिएको जनाउनुभयो ।

शाहीका अनुसार प्रतियोगितामा पाकिस्तानको राष्ट्रिय टीमबाट खेलिसकेका इमरान नाजिर, बंगलादेशी स्टारहरु आलोक कपाली र मुनिम साहरियर, भारतबाट आइपीएल खेलेका खेलाडी दीपक पुनियासहित सबै टीममा प्रथम श्रेणीका खेलाडीको सहभागिता छ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजकले जनाएका छन् ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइराला (वीपी) ले नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानको रक्षाका खातिर जीवनपर्यन्त गरेको संघर्षको सम्झना गर्दै बुद्ध जन्मभूमि लुम्बिनीको प्रवेशद्वार भैरहवामा प्रतियोगिताको आयोजना गरिएको जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै १ करोड २० लाख खर्च लाग्नेछ । सिद्धार्थनगर नगरपालिकाको सहकार्य, पर्यटन बोर्डको प्रवद्र्धन र मौर्य होटल भैरहवाको आतिथ्यतामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको शनिबार नेपाली काँग्रेसका नेता डा.शशांक कोइरालाले उद्घाटन गर्नुभएको थियो ।

≪ Previous Post

आज विजयादशमी, टीका लगाउने उत्तम साइत ११:३६ बजे

Next Post ≫

नवलपुरको कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ जना घाइते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क