Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुग्यो
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुग्यो

संसारपोस्ट संवाददाता · २१ आश्विन २०८१ · 0
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुग्यो
70
SHARES
ShareTweet

काठमाडौँ । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको छ । यही असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउँसोसम्म २४६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार बाढी, पहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा ७० जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा १३९ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २४६ जनाको मृत्यु भएको छ ।
यस्तै, काठमाडौं उपत्यकामा ३७ जना, कोशी प्रदेशमा १४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ११५ जना गरी जम्मा १७८ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बाढी पहिरोमा परी १८ जना अझै बेपत्ता भएका र बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विपदमा परेका १७ हजार १७४ जनाको उद्धार गरिएको छ ।

≪ Previous Post

होटल पौवाले दशैको अवसरमा तिलोत्तमा शाखामा गुल्मी हुँगाको सराय नाच प्रस्तुत गर्ने

Next Post ≫

रुपन्देही प्रहरीद्वारा ट्रकसहित ६० लाख बढिको अबैध लत्ता कपडा बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क